बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

Spread the love

-देबराज थपलिया

                चितवन भरतपुर महानगरपालिका वडा नं १५ मा कार्यरत लेखापाल (५ औ तह) का कन्हैया मिश्र लाइ भरतपुर महानगरपालिका वडा नं १५ ले बिदाइ गरेको छ । कन्हैया मिश्र स्थानीय तहाबाट संघीय कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखामा नाम निकाल्न सफल भइ उहाको पोस्टिङ कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखा जानु भएकाले उहालाई बिदाइ कार्यक्रम गरिएको थियो । उहा भरतपुर महानगरपालिका वडा नं १५ मा  रहदा जनप्रतिनिधी र जनप्रतिनिधीको सम्मान, नागरीकको सेवा गर्न लागिपर्ने राष्ट्रिय सेवकमा हुनु पर्ने गुण देखिएको प्रसंसा गर्दै कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्री कृष्ण देबकोटाले बताउनु भयो । आगामी दिनहरुमा भरतपुर महानगरपालिका वडा नं १५ मा दिएका सेवा जस्तै सेवा दिन हुन अनुरोध गर्नु भयो । राष्ट्रसेवकको प्रमुख भूमिका भनेको मुस्कान सहितको झन्झट रहित  सेवा दिनु हो ।  यहाले आगामी दिनमा यहि सेवाको कामना सहित शुभाकामना दिई फुलमाला अबिर लगाई  बिदाइ गर्नु भयो । भरतपुर महानगरपालिका  वडा नं २४ बाट सरुवा भई आउनु भएका इन्जिनियर दिपेश न्यौपानेलाई स्वागत गर्दै प्रमुख अतिथी वडा अध्यक्ष श्री कृष्ण देबकोटाले जनताको सेवा र विकासमा वडा नं २४ मा जस्तै सरल र सहजीकरण गरी बाटो, नाला, कुलो, भवन निर्माण अन्य विकास निर्माणका कार्यमा लागी परी जनताको आखाको नानी बन्न अनुरोध गर्नु भयो  । जनताको सेवा नै  झन्झट रहित गुणस्तरीय, छिटो सेवा दिई भरतपुर महानगरपालिकाको उत्कृष्ट नमुना वडा बनाउन यहाको योगदान अपरिहार्य छ भनी फुल , खादा, माला लगाई स्वागत गर्नु भयो । सोही कार्यक्रममा वडा सदस्य पुष्पराज अर्यालले जनताको सेवा नै मुख्य उद्देश्य भएकाले सबै कर्मचारीको सहयोगले मात्र नमुना वडा बन्ने भनाइ राख्नु भयो वडा सचिव चन्द्र प्रसाद आचार्य लगायत सबै कर्मचारीको स्वागत तथा बिदाइ कार्यक्रममा उपस्थित थियो । बिदाइ तथा स्वागत कार्यक्रम भरतपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्री कृष्ण देबकोटाको अध्यक्षतामा समापन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *