नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४० औ साधारण सभा सम्पन्न
- मनिष अर्याल
चितवन भरतपुर । नेपाल क्षयरोग निवारण संस्था नारायाणघाटको ४० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी संघीय सभाका सभासद माननीय अन्जनी श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथी अन्जनी श्रेष्ठले मानव जातीको सिर्जनशील र उर्जावान उमेरमा स्वास्थ सामाजिक र आर्थिक विकासमा समेत असर पुर्याइरहेको क्षयरोग निरन्तर अभियान जारी रहेको कुरा क्षयरोग निवारण संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव , कोषाध्यक्षले कोभिड १९ को सन्त्रास बीच पनि यस संस्थाले क्षयरोगी बिरामीको सेवामा तल्लिन भइ क्षयरोगी र समुदाय बिचको सशक्तिकरणश सेवा, सेवा प्रदायकको प्रत्यक्ष सुपरिक्षेक्षण, बिरामीले औषधी खाए नखाएको निगरानी, उपाचारको र सेवा नितामित संचालन आम जनताको रोग सम्बन्धी सुचनामा पहुच पुर्याउनु भएकोमा क्षयरोगी निवारण संस्थाको कार्यसमिती परिवारलाइ र सेवामा खट्ने कार्यालय प्रमुख अर्जुन त्रिपाठी लाई धन्यवाद दिनु भयो | एम्बुलेन्स सेवा सहजीकरण गरी नया एम्बुलेन्स खरिद गर्न पुर्व सभापती भिम राज पाठक बाट पन्ध्र लाख दिनु भएकोमा धन्यवाद दिनु भयो । स्वागत मन्तव्य दिदै उपाध्यक्ष इश्वरी प्रसाद काैडेलले संकटको बेलामा पनि सहयोग गर्ने सम्पूर्ण कर्मचारी चन्दादाता, शुभेच्छुकहरुमा धन्यवाद प्रकट गर्नु भयो । आ/व ०७७/०७८ /०७९ को प्रगती प्रतीवेदन तथा ०७९/०८० को प्रस्तावित बार्षिक कार्यक्रम संस्थाको सचिव कुश्मा कुमारी पन्तले प्रस्तुत गर्नु भएको थियो । आ.व. ०७७/७८ र ०७९/८० को प्रस्तावित बार्षिक कार्यक्रम कोषाध्यक्ष ज्ञानेन्द्र मान शाक्यले गर्नु भएको थियो । संस्थाले यस वर्ष १२ वटा विविध कार्यक्रमहरु गरी सम्पन्न गरेको थियो । संस्थाको आ.व ०७७/७८ र ०७८/७९ को अनुमानित बजेट ३३,९६,०८५/६१ रहेको थियो भने ०७७/७८ को यथार्थ आय ४३,६६,२९६/९२ रहेको थियो संस्थाको सभापती दामोदर न्यौपानेले ०७९/८० को अनुमानित आय ४९,५५,४०८/२९ रहेको बताइएको छ । आगामी वर्ष क्षयरोगलाई नियन्त्रण गर्न उपाचारात्मक सेवाका साथै प्रवर्धनात्मक सेवा तर्फ विद्यालय स्तरीय हाजिरी जवाफ, विभिन्न दिवसहरु, टोल विकास संस्थामा गोष्ठी, संस्थाको क्लिनिक चुस्त दुरूस्त राखी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरूप सम्मान गरिने [पनि बताउनु भयो । एम्बुलेन्स जिर्ण अवस्थामा रहेकोले समाजसेवी,पुर्व सभापती भिमराज पाठक बाट दिनु भएको १५,००,०००/- र थप रकम प्रदेश सरकार बाट माग गरी नया एम्बुलेन्स सेवाको बिस्तार गरिने बताउनु भयो । भरतपुर महानगर पालिका वडा नं १ का कार्य बाहक वडा अध्यक्ष राम मायाँ पिया समेतकाे उपस्थित थियाे । क्षयरोग निवारण संस्था चितवनको ४० औ साधारण सभा शाखाको सभापती दामोदर न्यौपानेको सभापतित्वमा सम्पन्न भयो ।