शिक्षक विदाई कार्यक्रम सम्पन्न
हेमराज बस्याल
भरतपुर महानगरपालिका वडा नं २० सुर्यनगरमा आधारभुत विद्यालयका पुर्व प्र• अ • शिबराम ढुङ्गानकाे सेवा अवधि सकिए पछि उहाँलाई भब्य कार्यक्रकाे साथ विद्यालयद्वारा विदाई कार्यक्रम सम्पन्न गरिएकाे छ । शिक्षक विदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर पालिका वडा नं १५ का वडा सदस्य पुस्पराज अर्यालले विद्यालयका प्र •अ • कार्यरत अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथै भवन निर्माण समेत गरिएको बताउनुभयो। विद्यालय र शिक्षा कार्यालय बिच समधुर सम्बन्ध रहेको बताउनु भयाे । विशिष्ट अतिथि मित्र प्रसाद तिवारि , हेमन्त काफ्ले, पुर्व प्र•अ• मणि कुवर, प्र• अ• बिजय प्रसाद अर्यालले पुर्व प्र •अ• सिवराम ढुङ्गानाकाे विद्यालयमा प्र • अ• हुदा विद्यालय सुधारकाे उत्कृष्ट कार्यकाे प्रसंशा गर्नु भयाे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद लम्सालले कुशल प्र• अ• सिवराम ढुङ्गाना सरकाे विद्यालयमा सधैं उहाँकाे अभाव भै रहने र उहाँले दिने ज्ञान सीप अनुभवकाे अभाव भैरहने हुदा सेवा पछि पनि विद्यालयलाइ ज्ञान सीप दिई रहन अनुराेध गर्नु भयाेअतिथिहरू चिरफार खवर का प्रधान सम्पादक देवराज थपलिया ,चन्दादाता समाजसेबि बुद्दिजिवि पुर्व जन प्रतिनिधिकाे उपस्थित थियाे । विदाइ कार्यक्रम सभापति विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद लम्सालकाे सभापतित्त्वमा सम्पन्न भयाे ।