श्रीमद्भागवत ज्ञान महायज्ञ तयारी पूरा
बुटवल । तिलोत्तमा ९ सैनिकपथ मंगललापुरमा फागुन २८ गते देखि हुने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा बौद्ध दर्शन प्रवचन २०७९ को सम्पुर्ण तयारी पूरा भएको ।
सिर्जनशील सस्था नेपालले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यस महायज्ञ कार्य सम्पदान मुल समितीका सम्योजक रोहणी प्रसाद पाठकले जानाकारी गराएका थिए ।
सिर्जनशील सस्था नेपालद्वारा सञ्चालित सडकमा आश्रित, बेवारिसे तथा सहाराबिहिन बालबालिकाका लागि पुष्पकुञ्ज भवन र अक्षयकोष स्थापनार्थ गर्नकोलागि यस ज्ञान महायज्ञमा सम्पुर्ण भक्तजनले दान दिएर पुन्य कमाउन तथा ज्ञान लिएर मोक्षको मार्गमा सत्यको मार्गमा हिडन अपिल पनि गर्नुभएको थियो ।उक्त
पत्रकार सम्मेलनमा बोल्दै सिर्जनशील सस्था नेपालका अध्यक्ष प्रतिमा शर्माले फागुन २८ गतेदेखी चैत ५ गते सम्म महायज्ञ सञ्चालन हुने उक्त कार्यक्रममा बिहान ७ बजेदेखी साझ ४ बजे सम्म महायज्ञ र साझ ७ बजेदेखि १० बजेसम्म सन्ध्या आरती, कथा ~महात्म अनि प्रवचन हुने जानकारी दिइन। उनले महायज्ञबाट कम्तिमा ८१ लाखको भवन निर्माण स्टिमेट भएको र १ करोड बराबरको अक्षयकोष निर्माण हुने अपेक्षा राखिएको जानाकारी दिईन।
सस्थाका महासचिव बिजु पौडेलले महायज्ञमा प्रमुख कथा बाचकको रुपमा युगल चरणोपासक आचार्य ओमप्रकाश सुवेदी र बाचक बौद्धिष्ट गुरु भिक्षु ज्ञानेन्द्र स्थविर बुद्धम्भ कोविदले प्रवचन गर्ने जानकारी दिदै वैदिक सनातन धर्मको मर्म यस ज्ञान महायज्ञबाट बुझ्न सकिने कुरा बताउदै उक्त कार्यक्रम सञ्चालनकोलागि १५ लाख खर्च हुने अनुमानित बजेट प्रस्तुत गरेकी थिईन ।
उनले तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको २ कठ्ठा जगामा १२ कोठे हल र कम्पाउन्ट सहितको भवन तिलोत्तमा ७ मा निर्माण गरिने जानाकारीपनि उक्त पत्रकार सम्मेलनमा दिएकी थिईन ।
सस्थाबाट १९७ जना बालबालिकाहरुको उद्धार र पुनर्मिलन गरेको बताउदै १३ जना दिगो ब्यवस्थापनका लागि नेपाल सरकारलाई हस्तान्तरण गरिएको बताएकि थिईन।
सस्थाको आश्रममा यतिबेला १८ जना बालबालिका रहेको र महायज्ञको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले गर्ने जानाकारी गराएकी थिईन ।सस्था स्थापनाको २५ वर्ष पूरा भएको तथा आश्रम सञ्चालन गर्न लागेको ७ वर्ष भएको उनले उक्त पत्रकार सम्मेलनमा बताएकी थिईन ।