चितवनको शान्ति सुरक्षामा चिन्ता लिनु प्रदैन :प्रहरीप्रमुख
चितवनको शान्ति सुरक्षामा चिन्ता लिनु प्रदैन :प्रहरीप्रमुख २३ फाल्गुन २०७९ चितवनमा भर्खरै मात्र आउनु भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले आज मानव अधिकार तथा शान्ती समाज चितवनको टोलिसङ भेटघाट गर्दै चितवनको शान्ति सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने बताउनु भएको छ । समाजमा विभिन्न संघसंगठनले सकारात्मक भुमिका गरेमा काम गर्न सजिलो हुने र हालसम्म समाजका हरेक बर्ग तह र तप्काबाट आवश्यक सहयोग र समर्थन पाएको पनि बताउनुभयो । मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले मानव अधिकार तथा शान्ति समाज चितवनले कस्तो भुमिका निर्वाह गर्दा जनताले शान्ति सुरक्षाको अनुभुती गर्न पाउछन भन्ने प्रस्नमा अधिकार कार्मीहरुले समाजको हरेक प्रकरका समस्यामा अनुसन्धानमूलक रुपमा आएको सही र सत्यतथ्य सूचनाको जानकारी दिए अझै राम्रोसँग शान्ति सु ब्यबस्था हुने बताउनुभएको थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति राजेन्द्र पौडेल, पुर्ण चन्द्र चापागाईं शाखा सचिब जीवन के. सि., कार्यसमिति सदस्य सुप्रीया सापकोटा, किरण राउतको उपस्थित थियो। यसै प्रसङ्गमा समाजमा शान्ति सु ब्यबस्था कायम गर्न प्रहरी मात्रैले एक्लैले मात्र सबै काम गर्न नसक्ने, प्रजातान्त्रिक तथा लोकतान्त्रिक ब्यबस्थामा जनता नै सर्बोच्च हुने हुँदा हरेक कदममा जनताको साथ चाहिने र सोही बमोजिम प्रहरीले जनताको साथी कार्यक्रम अगाडि ल्याएको सोही अनुसार हरेक सूचनालाई प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रमहरूद्वारा जनतालाई सुसूचित बनाउने प्रयास गरिएको, मानव अधिकारको बिषयमा प्रहरी सधैं चनाखो रहने, कुनैपनि अपराधिक गतिविधिबाट सृजित वातावरणलाई मिलाउने प्रयत्न गर्न नहुने निर्मम रुपमा घटाइएका फौजदारी प्रकृतिका घटनालाई प्रहरीको नियम अनुसार काम गर्न छोडिदिएमा आत्मालाई साक्षी राखेर त्यसको सत्य तथ्य अगाडि आउने समेतको बिश्वास प्रहरी सङगठनमा रहेको समेत बताउनु भएकोथियो । मानव अधिकारको उदेश्य तथा प्रहरी प्रशासनको उदेश्य अन्त्यमा जनताको सेवा गर्नु नै हो भन्ने निचोड समेत उक्त भेटघाटको क्रममा छलफल भएको पनि मानव अधिकार तथा शान्ति समाज चितवनका शाखा सभापति शम्भु राउत र चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभएको थियो ।