महिला दिवस कार्यक्रम सम्पन्न
११३ औं अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा भरतपुरमा एक कार्यशाला आयोजना गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा चितवनको आयोजना एवम् गैसस महासंघ नेपाल जिल्ला शाखा चितवन र प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको सहयोग र समन्वयमा कार्यक्रम गरिएको एन सि ई नेपालका सचिव कमलराज खनालले बताउनुभयो ।
रत्ननगर नगरपालिका महिला विकास अधिकृत (महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा) प्रमुख दिपा घिमिरे प्रमुख अतिथि रहनु भएको थियोे भने राष्ट्रिय मूल धारमा महिलाको सम्मानजनक सहभागिताका लागि कानुन र संविधानमा भएका व्यवस्था, स्थानीय तहहरुले ल्याएका नीति तथा कार्यक्रम । र अबका दिनमा कस्ताकस्ता नीति तथा कार्यक्रम आवश्यक छ भन्ने विषयमा जिल्ला अदालत बार एसोसिएसन भरतपुरका सचिव अधिवक्ता श्रीराम दवाडीज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मानव अधिकार एलाइन्स नेपाल चितवनका अध्यक्ष नारायणप्रसाद दवाडी, युथ क्लब नारायण्गढका अध्यक्ष रामवावु श्रेष्ठ, राष्ट्रिय महिला अधिकारमञ्च चितवन अध्यक्ष बिष्णु अधिकारी, संस्थागत विकास केन्द्र भरतपुर अध्यक्ष अन्जुदेवी शर्मा, सेतोगुराँस प्रतिनिधि कमला पराजुली, मानव अधिकार शान्ति समाज प्रतिनिधि सुप्रिया सापकोटा, लगायतले विशेष समय लिएर बोल्नु भएको थियो । उहाँहरुले संविधान र कानुनमा भव्यवस्था भएका कुरा समेत व्यवहारमा लागु हुन नसकेको, कार्यक्रमहरु राजनैतिक पहुँचका आधारमा हुने गरेको गुनासो राखे, महिला आफैं पनि राज्यले दिएको सुविधा लिन पछि पर्न नहुने कुरामा जोड दिएका थिए । बहुदलीय प्रणालिमा राज्य व्यवस्था सञ्चालन भएको हुनाले महिलाको सम्मानजनक सहभागिताका लागि क्षैक्षिक रुपमा सवल, आर्थिक रुपमा आत्म निभृर र समाजिक रुपमा नेतृत्वदायी भूमिकामा आउन महिलाहर आफैं अग्रसर हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
१३३ औ. महिला दिवस मात्र नभनेर श्रमिक महिला दिवस भनिनु पर्ने, महिलाहरुले गरेका सहासिक कामहरुका लागि सम्मान कार्यक्रम आयोजना गर्दा अझै राम्रो हुने कुरा सहभागिले बताएका थिए ।
कार्यक्रममा सहभागिहरुलाई स्वागत शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवन कोषाध्यक्ष अनिता नेपालीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवनका संयोजक रामचन्द्र आचार्यले गर्नु भएको थियो । कार्यशालाबाट निस्केको निचोडलाई चितवनका ७ वटै पालिकाहरुका मेयर तथा महिला शाखा प्रमुखहरुलाई एक कार्यक्रम बीच हस्तान्तरण गरिने कुरा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवनका संयोजक रामचन्द्र आचार्यले बताउनु भयो ।