नेपालि काँग्रेस पार्टीको वडा सम्मेलन सम्पन्न
नेपालि काँग्रेस पार्टीको वडा ११ सम्मेलन विपि स्मृति भवन, मैयादेवी चोकमा आज सम्पन्न भयो । भरतपुर ११बाट प्रतिनिधित्व गर्नु हुने नगर प्रदेश तथा क्षेत्रिय र जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्नुहुने पदाधिकारी तथा सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधिहरु,वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु , सल्लाहकार समिति, टोलकार्य समितिका सभापतिहरु लगायत कृयासिल सदस्यहरुको उपस्थितिमा भएको उक्त वडा सम्मेलनको सभापतित्व नेपाली काङ्रेस भरतपुर ११का वडा सभापति अम्बरबहादुर लामाले गर्नु भएको थियो । प्रमुख अतिथि ने का पुर्ब महासमिति सदस्य कमल आचार्यको प्रमुख आतिथ्यता रहेको सम्मेलनमा जिल्लाबाट प्रतिनिधिको रूपमा खटिनु भएको क्षेत्र नं दुई को सहसचिव श्रृजना बसौंला देवकोटाको समेत विशेष अतिथिको रुपमा उपस्थिति रहेको कार्यक्रममा वडा उपसभापति विष्णु प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो । ने का भरतपुर ११का वडा सचिव कुल प्रसाद कँडेलले सञ्चालन गर्नु भएको वडा सम्मेलनमा सोही वडाका पार्टी सचिव दिगन्त राज पन्तले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कमल आचार्यले पार्टीको गुणात्मकता ह्रास आएको ,महत्व घट्दै गएको वर्तमान परिवेशमा पार्टीको छविलाई पुरानै अवस्थामा लैजान नेपाली कांग्रेसका कार्यकर्ताले त्याग गर्नु पर्ने , आपसी सदभाव बढाउनु पर्ने ,जनताका दुःख र पीरमर्का बुझ्नु पर्ने खाँचो रहेको कुरा प्रकाश पार्नु भएको थियो । वडा सम्मेलन भनेको जिम्बेवारीको परीक्षण गराउने थलो भएकोले जिम्वेवारी पदमा बस्ने कार्यकर्ताले यस सम्मेलन मार्फत सकारात्मक संदेश दिन सक्नु पर्ने कुरा सुझाव दिनु भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टीका जिल्ला सदस्य ज्ञानेन्द्र गिरी,क्षेत्रिय सचिव निर्मल कुमार राना,पुर्ब सभापति एबम् वडाका वरिस्ठ नेता श्री प्रकाश कँडेल र क्षेत्रिय प्रतिनिधि अरुनेस्वर खनालले आ आफ्ना धारणा राख्नु भयाे ।क्षेत्रिय प्रतिनिधि कविराज अधिकारी रहनु भएकाे थियाे । उत्त कार्यक्रम वडा सभापतिअमर बहादुर लामाकाे सभापतित्त्वमा समापन भयाे ।