जिल्ला प्रहरी कार्यालयको विज्ञप्ति

Spread the love

नेपाल प्रहरी सत्य सेवा सुरक्षणम, शान्ति र सुरक्षा हाम्रो सरोकार, जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोध भनी जिल्ला प्रहरी कार्यालय चितवनको नामबाट सम्पूर्ण चितवनवासीको नाममा यसरी सम्बोधन गरि आदरणीय आमा बुबा, दाजुभाइ, दिदीबहिनी एवं जनसमूदाय समक्ष जिल्ला प्रहरी कार्यालय चितवन, फागुपूर्णिमा(होलि) पर्व २०७९ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ । सभ्य एवं सुरक्षित फागु पुर्णिामा (होलि) पर्व मनाउन सबैमा जिल्ला प्रहरी कार्यालय चितवनको हार्दिक अनुरोध भन्दै निम्न बिषयमा सतर्क बनाउन चाहेको देखिन्छ । फागु पुर्णिामा होलि पर्वलाई सभ्य शिश्ट मर्यादित र स्वस्थ्यकर तवरले मनाउने, आत्मीय रुपमा नजिक भएका ब्यक्ति मित्रजन वा आफन्तहरूसङ्ग मात्र होलि फागु खेलौ, फागु पुर्णिामा होलि पर्वको नाममा उस्शृङ्खल गतिविधि नगरौं, अपरिचित मानिसहरूको समूहमा होलि फागु नखेलौ, कसैको इच्छा बिपरित रङ्ग, लोला, मोबिल, मोसो, अण्डा, केमिकल, र फोहोर पानी नलगाऔ, नछ्यापौ, छाला तथा आखामा असर गर्ने रङ्गको प्रयोग नगरौं । महङ्गा गरगहना लगाई फागु होलि खेल्ने ठाउँमा नजाऔं । अपरिचित मानिसले दिएको कुनैपनी खानेकुरा नखाऔं । ट्राफिक नियमको पूर्ण रुपले पालना गरौं, आफू बचौ र अरुलाई पनि बचाउ । मादक पदर्थ तथा लागूपदार्थ सेवन गरि सवारी साधन नचलाउ । अशक्त, महिला, बालबालिका, जेश्ठ नागरिक तथा पर्यटकलाई कुनै प्रकारका दुव्र्यवहार नगरौं । रेलिङ्ग नभएको घरको छत तथा सडकमा फागु होलि नखेलौ । भिडभाड हुने स्थानमा पकेटमारी लुटपाट तथा snatching जस्ता घटनाहरू हुने सम्भावना हुँदा साबधानी अपनाऔं । कुनैपनी अपराधिक गतिविधि हुन लागेको थाहा पाएमा तुरुन्त नेपाल प्रहरीको हट लाइन नम्बर १०० मा फोन गरौं । फागु पुर्णिामा होलि पर्वको नाउँमा गैर कानुनी कार्य गर्ने ब्यक्ति उपर कानुन बमोजिम सजाय तथापि जरिवाना हुने समेत जानकारी गराउदै चितवनको प्रहरी सम्पर्क नम्बर प्रहरी नियन्त्रण कक्ष १०० ट्राफिक प्रहरी नियन्त्रण कक्षको १०३ र जिल्ला प्रहरी कार्यालय चितवनको ०५६-५९४८५५ र ९८५५०९०१३३ मा सम्पर्क गर्नुहुन अनुरोध सहितको सूचना सर्बसाधारणको लागि प्रकाशित गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *