बृहत् अन्तरक्रिया कार्यक्रम भिङ्गरेली रिसोर्ट घोराहीमा सम्पन्न

Spread the love

राष्ट्रिय शक्ति नेपाल केन्द्रीय अभियन्ता आस्था कार्कीको अगुवाईमा दाङ्ग जिल्लाका विभिन्न सङ्घ, ,राजनीतिक दल दलका भातृ सङ्गठन, अनि यसका प्रतिनिधि पात्र तथा अगुवा कार्यकर्ताको बाक्लो उपस्थितिमा बृहत् अन्तरक्रिया कार्यक्रम भिङ्गरेली रिसोर्ट घोराही फागुन पन्धमा सम्पन्न भयो । वैदिक सनातन परम्परालाई आधार मान्दै विश्व ब्रमाण्डका भगवान शिवले गर्नु भएको सभापतित्वलाई वैदिक मन्त्रले आव्हान गर्दै पशुपतिको आराधनाले नेपाललाई जोगाएको स्मरण गरी कार्यक्रमका जेष्ठ नागरिक, राष्ट्रिय प्रजातन्त्र पाटिका भुपु केन्द्रीय सदस्य, कवि नरेश जङ्ग राणालाई रुद्राक्षको माला लगाएर सभापतिको आसन गराईएको थियो। वैदिक पुजामा भगवानलाई आव्हान , स्थापन ,अर्चना गरि सिङ्गो पुजागरिए जस्तै एकताका नायकलाई नेपाल र नेपालीका वैदिक साम्स्कृतिको धरोहर मान्दै वैदिक पुजाको मिथकिय रुपमा प्रस्तुत गर्दै पृथ्वीनारायण शाहको दुरदृष्टिपन , राजा र प्रजा बीचको आपसी सद्भाव ? हाम्रो पुर्खाले कसरी नेपाल बनाए ?कसरी हामी नेपाली बन्यौ ?कसरी यो देशमा वैदिक सनातन धर्मलाई जोगायौ ? आदि बारेमा अनौपचारिक व्याख्या विश्लेषण कार्यक्रममा उपस्थित सम्पुर्ण विभिन्न दलका प्रतिनिधि र जनसमुदायबाटै अनौपचारिक रुपले आआफै परिचय दिदै चर्चा अनि परिचर्चा भएको थियो । अन्तिम चरणमा यो देशलाई पृथ्वीनारायण शाह र जनताले बचाएको वीरताको गाथा स्मरण गर्दै समुन्नत नेपाल बनाउन सबैले हातमा हात मिलाएर हिडने निचोडका साथ मन्त्र पुष्पान्जली मार्फत पृथ्वीनारायण शाहको फोटोमा हामी सबै एक सचेत नागरिक हुन सकौ भन्ने भाव ब्यक्त गर्दै श्रद्धाका पुष्प गुच्चा अर्पण गर्दै देश बनाउने महान कार्यको भावना सबैमा जागृत होस् भन्ने अभिप्रायले दलका प्रतिनिधि मार्फत पुष्पमाला , त्यस्तै कार्यक्रमका सभापती मार्फत रुद्राक्षमाला अनि उपस्थित सम्पुर्ण ब्यक्तिबाट पृथ्वीनारायण शाहको फोटोमा पुष्प तथा अबिरले अर्चना गर्नेकार्य कार्यक्रम सन्चालक ,बौद्धिक ब्यक्तित्व, राष्ट्रिय शक्ति नेपालका अभियन्ता चितवन जिल्ला सचिव झलकराज पौडेलले कार्यक्रममा प्रस्तुत गरेका थिए । जीऊ यो देशकोलागि सहिद बनेर जाओस् आत्मा स्वधर्मनिम्ति अर्पण भएर जाओस् । मित्था हो लोभमोह सन्मार्ग लौ समाऊ जे जति छ मेरो यहि देशमा समाऊ।। भन्ने गीत गाएर राष्ट्रिय प्रजातन्त्र पाटिका धर्म बिभाग प्रमुख , केन्द्रीय सदस्य भोलानाथ योगीले आफ्ना सारगर्वित कुराहरु राखेका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटिका जिल्ला सचिव त्रिभुवन थापाले कमल थापाको चारित्रीक पतनको गल्तिले राप्रपालाई भएको क्षेतिको बारेमा आफ्ना भनाई ब्यक्त गरेका थिए । त्यस्तै राप्रपाका प्रदेश उपाध्यक्ष बिभु बुढाथोकीले राजसम्स्था मान्यहरु एकै ठाउमा उभिनुपर्ने तर्फ औल्याएका थिए । त्यस्तै नेपाली काङ्ग्रेसकी कृयाशिल सदस्य बबिता केसिले काङ्ग्रेसले आफ्नो आदर्श छोडेकाले आजवाट राष्ट्रिय शक्ति नेपालमा जोडिन चाहेको कुरा आफ्नो मन्तब्यको क्रममा भन्नू भएको थियो । पुर्व जनमुक्ति सेनाका कमाण्डर रामचन्द्र खडकाले शहिदको रगतलाई दलालीले सिन्चेछन । नेपालको माटोलाई नेपालीले भुलेछन ।।भन्दै राजा नै यो देशको सच्चा अभिवाबक रहेको र राजतन्त्र प्राप्तिकोलागि अब अर्को युद्दको बिकल्प नभएको बताएका थिए । एमालेका अगुवा कार्यकर्ताले राजतन्त्र अब झन टड्कारो रुपमा स्थापना गर्नुपर्ने स्थिती आएकोले दलगत स्वार्थ भन्दा माथी उठेर आन्दोलनको आधिबेरी ल्याउन सबै मिलेर जानुपर्ने तर्फ ईङ्कित गरेका थिए । वैदिक मन्त्रबाट शुरुभएको यस कार्यक्रमको उद्देश्य र अबधारणा पत्र राष्ट्रिय शक्ति नेपालका अभियन्ता झलकराज पौडेलले प्रस्तुत गरेका थिए भने कार्यक्रममा सबैलाई बोल्ने समय दिईएको थियो भने उठेको प्रश्नको जवाफपनि कार्यक्रम प्रस्तोताले नै दिएका थिए । रुद्राक्षको माला लगाएर सभापतिको आसनमा बस्नु भएका कवि नरेश जङ्ग राणाले आगामी दिनमा राष्ट्रिय शक्ति नेपाल अनि राप्रपा लगायत सम्पुर्ण राष्ट्रबादी शक्तिलाई एकीकृत गर्दै राजा र प्रजा बीचको एकतालाई प्रगाढ बनाउन आन्दोलनमा आउनकोलागि एकीकृत भएर जाने निष्कर्ष निकाल्दै कार्यक्रम समापन भएकाे बताउनु भयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *