नेपाली काग्रेस जागरण अभियान सम्पन्न
नेपाली कांग्रेस भरतपुर म न पा वार्ड न ११का सभापति श्री अम्बर बहादुर लामाको सभापतित्वमा आज क्षेत्रिय प्रतिनिधि , सल्लाहकार र टोल कार्य समितिका सभापति एवम् प्रतिनिधि हरु सहितको संयुक्त बैठक भएको थियो । जिल्लाबाट खटिनु भएका प्रतिनिधि नेपाली कांग्रेस पुर्ब महासमिति सदस्य कमल आचार्यको समुपस्थितिमा संचालित उक्त कार्यक्रममा नेपाली कांग्रेस भरतपुर ११महिला सङ्घको सभापति सविता गौतम दाहाल , बागमती प्रदेश प्रतिनिधि लक्ष्मी प्रभापन्तको सहभागिता रहेको थियो। सभापति अम्बर बहादुर लामाले क्षेत्र नं २मा निकट भविष्यमा हुनेआगामी उप निर्वाचनमा कांग्रेसको पक्षमा परिणाम ल्याउन लाग्नु पर्ने विषयमा प्रकाश पार्दै नेपाली कांग्रेस जिल्लासमितिबाट प्राप्त पत्रको बारेमा जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस भरतपुर ११का क्षेत्रीय प्रतिनिधि तथा पूर्व सभापति श्री प्रकाश कडेलले पार्टीको हालको अवस्थामा सुधारको खाँचो रहेको कुरा औँल्याउँदै पार्टीको अवस्थाका बारेमा चिन्ता व्यक्त गर्नु भएको थियो भने क्षेत्रिय प्रतिनिधि तथा निवर्तमान सचिव नगेन्द्र राज रेग्मी र वडा समितिका सदस्य नुर प्रसाद खनालले समसामयिक कुराहरू प्रस्ट पार्दै वडा स्तरबाट भन्दा माथिल्लो निकायबाट यो वा त्यो ग्रुप र समुह भन्ने भावना नदेखाई एकता भएको महशुस तल्लो स्तरमा पुर्याउनुपर्ने अवस्था माथि आफ्ना भनाइ प्रस्तुत गर्नु भएको थियो । ने का भरतपुर ११का वडा सचिव दिगन्त राज पन्तले सहजीकरण गर्नुभएको उक्त बैठकमा पुर्ब महासमिति सदस्य कमल आचार्यज्यूले हामीले पार्टीबाट के पाएनौं भन्नु भन्दा पनि आफूले के दियौ भनेर सोच्नुपर्ने, पञ्चायत कालमा प्रतिबंधित अवस्थामा पनि कांग्रेस भनेर चिनिएका मान्छेलाई खोजेर मत दिने र जित्ने गरेकोमा अहिले आफ्ना पार्टीका उमेद्वारका पक्षमा विगतको भन्दा मत घट्न गएको प्रति चिन्ता व्यक्त गर्दै हामी सबैले आ आफ्नो ठाउँबाट आत्म मूल्याङ्कन गर्नुपर्ने देखिएको कुरा प्रकाश पार्नु भएको थियो ।