१५ नं वडा द्वारा कम्प्युटर तालिमको उदघाटन कार्यक्रम सम्पन्न:
– मनिष अर्याल
चितवन भरतपुर महानगरपालिका वडा नं १५ द्वारा कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-१५ द्वारा संचालित ३ महिनाको कम्प्युटर तालिमको वडा अध्यक्ष श्री कृष्ण देवकोटाले उद्घाटन गर्नु भयो, भरतपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा भरतपुर महानगर कार्यपालिकाको महिला सदस्य सिर्जना अधिकारी, वडा सदस्य पुष्पराज अर्याल, वडा सदस्य मन बहादुर आले , भरतपुर महानगरपालिका वडा नं. १५ महिला वडा सदस्य श्री सिता सापकोटा परियार, भरतपुर महानगरपालिका वडा नं. १५ वडा सचिव श्री चन्द्र प्रसाद आचार्य, नविन प्रविधि कृषि सहकारी संस्थाका अध्यक्ष श्री दिपेन्द्र बास्तोला, न्यु भिजन कम्प्युटर इन्ष्टिच्युटका प्रोपाइटर श्री दिपक लामिछाने, नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाका सभापती श्री जीवन के.सी, न्यू भिजन कम्प्युटर इन्ष्टिच्युटका प्रशिक्षक श्री प्रतिमा लामिछाने, नविन प्रविधि कृषि सहकारी संस्थाका उपाध्यक्ष : श्री वसन्त राज, सामाजिक परिचालक श्रीराम जमरकट्टेल लगायतको उपस्थिती थियो ।
प्रशिक्षार्थीहरु अनिता थापा, सरोज सुनार, कविता पौडेल, विष्णु प्रसाद न्यौपाने, कुशला विश्वकर्मा, अमृता परियार, आस्था गुरुङ, पुर्ण वि.क., सुविमा रसैली’, विक्रम भण्डारी, इन्दिरा डुङगाना, सोनी मिजार, विमला मरहठ्ठा अधिकारी, लक्ष्मी शर्मा, यसोदा अधिकारी, प्रतिभा वि.क ,सविना गुरु, सजिना जमरकट्टेल , सुमित्रा दवाडी सजिना कडेल माया पौडेल, दिपिना अधिकारी, लगायत २२ जना परीक्षार्थीलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्री कृष्ण देबकोटाले वडा बासीको व्यवसायिक सिप, योजना, प्रविधी र वडाको समस्यामा १५ नम्बर वडा सदैव चिन्तित रहने भनाइ व्यक्त गर्नु भयो । गरिब ,बिपन्न, आदिबासी जनजाती, सीमान्तकृत, अल्पसंख्यक, एकल महिला, विदेश बाट नेपालमा नै सिप तथा रोजगारी सिर्जना गर्न र उद्योग खोल्न आउनेलाई सिप सिकाइने बताउनु भयो । सिकेका सीपलाई व्यवहारमा ल्याई उद्योग संचालन गर्न सरल कर्जाको लागी यस वडा कार्यालय सिफारिस गर्न सदैव तयार छ , सिकाइ अवधी भरी इमान्दार भई सिप सिकी उद्यमी बन्न सके बेरोजगार अन्त्य भई उद्योग मैत्री वडा बन्न सक्ने ठोकुवा गर्नु भयो । तालिमका सहभागीहरुलाई निशुल्क बेसिक कम्प्युटर तालिम सिकाइने बताउनु भयो र व्यवसाय दर्ता गरी आउनेलाई थप तालिम दिने बताउनु भयो । सोही वडाका महिला सदस्य तथा नगर कार्यपालिकाका सदस्य सिर्जना अधिकारीले सबै सहभागीहरुलाई तालिम सिकी उद्योगी बन्न शुभकामना दिनु भयो । वडा सदस्य पुष्पा राज अर्यालले सिकेको सीपलाई व्यवहारमा लागु गरी उद्योगी बने बेरोजगार समस्या हल हुने, व्यक्तिगत आय मात्र नबडी समग्र १५ नम्बर वडाकै शिर उच्च हुने र उद्योग मैत्री वडा बन्ने भनाइ राख्नु भयो यहाहरुले सिकेको सीपलाई व्यवहारमा ल्याई उद्योगी बने आगामी वर्ष थप तालिमको व्यवस्था गरिने बताउनु भयो । सोही वडाका वडा सचिव चन्द्र प्रसाद आचार्यले तालिमका सहभागीलाई सम्बोधन गर्नु हुदै तालिमको सम्पूर्ण खर्च वडाले व्यहोर्ने गरी तालिम सुरु गरिएको र यहाहरुको जनप्रतिनिधी जनताको आखाका नानी हुन् भन्ने १५ नम्बर वडाको प्रतिनिधीले प्रस्ट पारेको बताउनु भयो १५ नम्बर वडाको वडा अध्यक्ष श्री कृष्ण देबकोटाको अध्यक्षतामा बेसिक कम्प्युटर तालिम उद्घाटन कार्यक्रम सम्पन्न भयो ।