नेपाल शिक्षक संघ चितवनको नवौं अधिवेशन सम्पन्न
-पूर्णचन्द्र चापागाईं
नेपाल शिक्षक संघ चितवनको नवौं अधिवेशनबाट अध्यक्षमा इन्दिरादेवी मरहठ्ठा निर्वाचित, नेपाल शिक्षक संघ चितवनमा पहिलो महिला अध्यक्षको रुपमा ऐतिहासिक नाम दर्ता ।
नेपाल शिक्षक संघ चितवनको नवौं अधिवेशन गर्न जिल्ला कार्य समितिले २०७९ फागुन १२ गते शुक्रवार नारायणीकला मन्दिरको सभाहलमा नेपाल शिक्षक संघका संघीय अध्यक्ष श्री राजेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन शत्रबाट शुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका जिल्ला सभापति, निर्वमान सभापति लगायत जिल्लाका नेता, कार्यकर्ता, नेपाल शिक्षक संघ चितवनका जिल्ला कार्यसमिति लगायत पूर्व अध्यक्ष, विशिष्ठ, कर्मठ तथा साधारण सदस्यहरु सहित नेपाल शिक्षक संघमा आबद्ध तथा शुभेक्षुक, समर्थक महानुभावहरुको बाक्लो उपस्थितिमा उद्घाटन कार्यक्रम गरी सभ्य/भब्य र बिधिवत् रुपमा नवौं अधिवेशनको शुरुवात गरिएको थियो । अधिवेशन माफत् नयाँ कार्य समिति निर्माण गर्नको लागि श्री मेघनाथ दुवाडी प्रमुख आयुक्त तथा श्री हेरम्ब कुमार श्रेष्ठ, श्री श्रीराम सापकोटा,श्री मीना कुमारी पोखरेल, श्री राधा कोइराला समेतको सदस्य रहेको एक निर्वाचन समिति नियुक्त गरी सोही निर्वाचन समितिले आवश्यक पर्ने निर्वाचन अधिकृतहरु समेत नियुक्त गरी नियम अनुसार प्रकृया पुर्याइ आवश्यक पर्ने सबै कामहरु सम्पन्न गरी नियम अनुसार निर्वाचन प्रकृया मार्फत निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ । अध्यक्ष सहित सम्पूर्ण कार्यसमितिलाई सफल भविष्य मिडिया प्रा. लि. द्वारा संचालित चिरफार अन लाइलखबर प्रा. लि. को तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गर्दछौं । नयाँ कार्यसमिति –
अध्यक्ष – श्री इन्दिरादेवी मरहठ्ठा – ८८५ मतसहित निर्वाचित
उपाध्यक्ष महिला – श्री राधा कुमारी चौधरी – ७२८ मत सहित निर्वाचित
उपाध्यक्ष – श्री भविश्वर गुरुङ्ग – ५२३ मत सहित निर्वाचित
सचिव – श्री नारायण पौडेल – ७८५ मत सहित निर्वाचित
सचिव अर्थ – श्री प्रकाश चन्द्र भट्टराइ – १००१ मत मत सहित निर्वाचित
सहसचिव – श्री अच्युत प्रसाद लामिछाने – ६८५ मत सहित निर्वाचित
सह सचिव महिला – श्री तारा पौडेल आचार्य – ७५६ मत सहित निर्वाचित
सहसचिव अर्थ श्री एण्लिा रिजाल – निर्विरोध निर्वाचित
सहसचिव (समावेशी) श्री राजकुमार गुरुङ्ग – निर्विरोध निर्वाचित
सहसचिव (समावेशी) श्री रामचन्द्र महतो – निर्विरोध निर्वाचित
कार्यसमिति सदस्य (महिला) – श्री इन्दिरा घिमिरे, श्री सीता कुमारी श्रेष्ठ
कार्यसमिति सदस्य खुल्ला – श्री ठाकुर प्रसाद लामिछाने, अनिष घिमिरे, बलराम घिमिरे, राजेन्द्र ढकाल निर्वाचित
प्रदेश प्रतिनिधि (महिला) – गंगा पौडेल, गीता न्यौपाने, नर्मदा नेपाली – निर्विरोध निर्वाचित
प्रदेश प्रतिनिधि – कमल गुरुङ्ग, अर्जुन प्रसाद अर्याल, रविन्द्र देवकोटा, शरदचन्द्र आचार्य, कुलानन्द भुषाल, दिलिप खनियाँ, केदारमणी अर्याल निर्वाचित
संघीय प्रतिनिधि (महिला) – सीता शर्मा ढकाल, शारदा खनाल, मैयाँदेवी अमगाई के.सी. निर्वाचित
संघीय प्रतिनिधि खुल्ला – प्रेमराज पौडेल, आनन्दराज सापकोटा, शिवराज अधिकारी, रमेश खनाल, रुद्र प्रसाद सुवेदी, सुर्यभक्त वाग्ले निवाचित हुनुभएको हो ।
नेपाल शिक्षक संघ चितवनको नयाँ निर्वाचित कार्यसमितिले आउँदो चार वर्षसम्म काम गर्न पाउने कुरा नेपाल शिक्षक संघको विधानले व्यवस्था गरेको कुरा समेत निर्वाचन प्रमुख आयुक्त मेघनाथ दवाडीले सफल भविष्य प्रा.लि. द्वारा सञ्चालित चिरफार अनलाइन खबरका सहसम्पादक श्री पूर्ण चन्द्र चापागाईलाई बताउनुभएको हो । २ दिन लगाएर गरिएको अधिवेशन र निर्वाचनबाट प्राप्त अन्तिम परिणाम फागुन १४ गते बेलुका मात्र क्रमिक रुपमा आएको हो । निर्वाचनको मतगणना सकिनासाथ निर्वाचन प्रमुख आयुक्त मेघनाथ दवाडीले तत्कालिन रुपमा एक सामान्य कार्यक्रम गरी निर्वानको अन्तिम परिणामको घोषणा निर्वाचन गणनास्थल भरतपुर – ९ हाकिमचोक नजिक मेनरोडमा रहेको चितवन मिडटाउन रिसोर्टमा सुनाउनुभएको थियो । उक्त अवसरमा निर्वाचन समितिका सदस्य, सहयोगी, शिक्षक उमेदवारहरु, मतगणनामा खटिनुभएका प्रतिनिधिहरु, प्रहरी, नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति, नेता, कार्यकर्ता, नेपाल शिक्षक संघ चितवनका पूर्व अध्यक्षहरु, विशिष्ठ, कर्मठ तथा साधारण सदस्यहरु, शुभेक्षुक, समर्थक लगायत महानुभावहरुको समेत जमघट रहेको थियो ।