गोंगबु घटना छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Spread the love

प्रधानमन्त्री   पुष्पकमल   दाहाल  प्रचण्डले  काठमाडौको  गोङ्गबुमा  सोमबार   दिउँसो   भएको  घटनाको  गम्भीर  छानबिन गर्न सुर क्षा निकायका प्रमुखहरूलाई निर्दे शन दिनुभएको  छ ।प्रधानमन्त्री  तथा  मन्त्रिपरि  षद्को    कार्यालय  सिंहदर बार मा  सुर क्षा  प्रमुखहरूलाई  निर्दे शन  दिँदै  प्रधानमन्त्री प्रचण्डले  घटनाको  गहिरो  छानबिन गर्न र  अन्याय  परेका  सबैले   न्याय  पाउने   गरी  कारबाही  गर्न निर्देशन  दिनुभयो । प्रधानमन्त्री  प्रचण्डले   भन्नुभयो ,  “गोङ्गबुमा सोमबार  भएको  घटनालाई गम्भीर  रूपमा लिएको  छु । यस प्रकृतिका घटनालाई राज्यले  गम्भीर  रूपमा लिनुपर्छ भन्नुहुँदै  उहाँले  घटनाको  कारण र  लुटपाट तथा तोडफो जस्ता अप्रिय घटना कसरी भयो  र  त्यसमा दोषीको  छन् भन्ने बारे मा अनुसन्धान गर्न निर्दे शन  दिनुभयो   ।उक्त  घटनाबारे   प्रतिनिधि  सभाको   बुधबार को  बैठकमा पनि सांसदहरूले  छानबिन गरी दो षीलाई कार बाही गर्न माग गर्नुभएको  थियो  । ने पाल  प्रहरी,  सशस्त्र  प्रहरी  बल  र   राष्ट्रिय अनुसन्धानका   प्रमुखले      प्रधानमन्त्री   समक्ष   घटनाको   जानकारी  गराउनुभएको   थियो   ।  त्यस क्रममा सुरक्षा प्रमुखहरूले  बसपार्क क्षे त्रमा के ही विवाद भए पनि यति अप्रिय घटना हो ला भने र  आफूहरूले   पूर्वअनुमान  नगरेको   बताउनुभएको  थियो  । उक्त घटनामा परी ३३ जना प्रहर ी घाइते  भएका छन् । बालाजु वृत्तले  प्रयो ग गर्ने  दुईवटा सवारीसाधन, ट्राफिक  पोस्ट  र   नयाँ  बसपार्क  क्षे त्रको   व्यवस् थापनको  जिम्मे वारी   पाएको    ल्हो त्से    मल   प्रदर्शनकारीले  तो डफो ड गरेका थिए । पसल तथा व्यापारिक भवन तोडफोड  गरे पछि  लुटपाट  भएको   थियो   । प्रहरीको    गाडी   तोडफोड   गर्ने    छ   जनालाई बालाजु प्रहरीले  नियन्त्रणमा लिएको  छ । काठमाडौ  जिल्ला  प्रहरी  परिसर का  प्रवक्ता  सीतारम  रिजालले  पसल तोडफोडमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको   जानकारी  दिनुभयो   । प्रधानमन्त्रीको  कार्यालयमा भएको  छलफलका क्रममा  घटनाको    छानबिन  गर्न  नेपाल  प्रहरीका  एसएसपीको    नेतृत्वमा  समिति  गठन  गरिएको    छ  ।  प्रधानमन्त्रीकै    पहलमा  भएको    छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार , नेपाल सरकारका  मुख्यसचिव,  गृहसचिव,  प्रधानमन्त्री  कार्यालयको    तर्फबाट  शान्तिसुरक्षा  हेर्ने    सचिव  र   सुरक्षा निकायका प्रमुखको  उपस्थति थियो ।

चार  जना सार्वजनिक

 उक्त घटनामा ल्होत्से  मलमा अर्जुन चालिसेले  सञ्चालन गरेको  एसीडीसी मोबाइल प्रालि, डाइमन्ड मोबाइल  प्रालि  तथा  गजेन्द्र  न्यौपानेले   सञ्चालन गरेको   काठमाडौ  सुपर मार्केट  प्रालिमा  तोडफोड  गरी पसलमा रहेका मोबाइललगायतका विद्युतीय सामग्री लुटिएका थिए ।लुटपाटमा    परेका    व्यवसायीले   पनि प्रधानमन्त्रीलाई भेटी क्षतिपूर्तिको  माग गरेका छन् । लुटपाटमा  संलग्न  रहेको   अभियोगमा  पक्राउ  परेका चार  जनालाई  प्रहरीले  सार्वजनिक  गरेको   छ  । बुधबार   पत्रकार   सम्मे लन  गरी  सार्वजनिक गरिएकामा  दैलेख  घर   भई  तारकेश्वर   बस्ने   चिरन  रेग्मी, सामाखुसी बस्ने  नवीन खड्गी, रुपन्देही घर  भई काठमाडौ महानगर पालिका वडा नम्बर  २६ मा बस्ने  सुजन खत्री र  झापा घर  भई स्वयम्भू बस्ने  प्रदीप बस्नेत छन् । उनीहरूमाथि  चोरी  तथा  डाँकासम्बन्धी  कसुरमा अदालतबाट चार  दिनको  म्याद लिएर  थप अनुसन्धान  भइरहेको   प्रहरीले   जनाएको   छ । लुटपाटमा  संलग्न  अरूको   खोजी  भइरहेको  प्रहरीले   जनाएको   छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *