नेपाल बिध्यार्थि संघ आदिकवि भानुभक्त मा. वि द्वारा बिबिध कार्यक्रम सम्पन्न
ने.वि.संघ आदिकवि भानुभक्त मा. वि ईकाई समिति आज अन्तर कक्षा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । आदिकवि भानुभक्त मा.विको प्राविधिक संकायको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम ने.वि.संघ आदिकवि भानुभक्त मा. वि ईकाई समितिका सचिव उत्तम खत्रीद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष राजन नेउपानेले गरेका थिए । विध्यार्थिहरुको शैक्षिक ज्ञान वृद्धि गर्ने र मनोरनजनात्मक कार्यक्रम गर्ने हिसाबले उक्त कार्यक्रम गरिएको हो भन्ने कुराको जानकारी वरिष्ठ उपाध्यक्ष विपलव चौधरीले गराएका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि ने.वि.संघ चितवनका सह-सचिव रविन क्षेत्रीले विध्यार्थीहरुको मानसिक वृद्धिका लागि यस किसिमका कार्यक्रम निकै नै रचनातमक रहेको भन्ने मन्तव्य राख्दै ने.वि.संघ आदिकवि भानुभक्त मा. वि ईकाई समितिलाई धन्यवाद ज्ञापन गरेर निकट भविष्यमा हुने यस किसिमको कार्यक्रममा ने.वि.संघ चितवन जिल्ला समिति सदैव विध्यार्थीहरुको साथमा रहने प्रतिबध्दता व्यक्त गरेका थिए। यसै गरि विध्यार्थीहरुको यस किसिमको कृयाकलापले शैक्षिक गुणस्तर वृद्धि हुने भन्दै प्राविधिक विध्यार्थी परिषद चितवनका सचिव नरेश भट्टले आफ्नो मन्तव्य राखेका थिए । २० ओटा भन्दा बढि टिम सहभागी भएको उक्त कार्यक्रममा ने.वि.संघ चितवनका विभिन्न ईकाई( विरेन्द्र बहुमुखी क्यामपस, प्रेरणा,नारायणि बहुप्राविधिक शिक्षालय ,School of Health Science,अरोमा,बालमिकि,भरतपुर मा.वि.,नारायणि पब्लिक, CMS,CMC)का अध्यक्षहरु, प्राविधिक विध्यार्थी परिषद चितवनका वरिष्ठ उपाध्यक्ष लगाएत अन्य पदाधिकारिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त प्रतियोगितामा आदिकवि भानुभक्त मा. वि मा Civil Overseer first semester को टिम प्रथम भएको थियो ।