हिमालय आधारभूत विद्यालयकाे ४० औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Spread the love

श्री हिमालय आधारभूत विद्यालयले मनायो ४० औं वार्शिकउत्सव तथा अभिभावक दिवस भरतपुर महानगरपालिका वडा नम्बर ११, जागृतिचोकमा रहेको श्री हिमालय आधारभूत बिद्यालयले माघ २७ गते विद्यालयकै प्राङ्गणमा ४० औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।बार्षिक उत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा अक्षयकोषदाता, चन्दादाता लगायतका सुर्य प्रसाद श्रेष्ठ, पूर्ण चन्द्र चापागाईं सहित पूर्ब प्रधानाध्यापक, पूर्ब बि. ब्य. स. अध्यक्ष, बिशेष सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियोे । बार्शिकउत्सवको अवसरमा खेलाइएका खेलहरूमा बिजयी विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रमको शुरुमा विद्यार्थीहरूबाट स्वागत गित, बीच बिचमा नृत्यहरू प्रदर्शन समेत गरिएको थियो । उक्त कार्यक्रमको उद्घोषण विद्यालयका शिक्षक रामचन्द्र रेग्मीले गर्नुभएको थियो भने प्रधानाध्यापक श्री डिल्ली रमण तिवारीले वार्शिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो, सहायक प्रधानाध्यापक सीता ढकालले स्वागत मन्तव्य सहित शुभकामना दिनुभएको थियो, उक्त कार्यक्रममा मन्तव्य सहित शुभकामना दिनुहुने अभिभावकको तर्फबाट शुश्मिता खाती, भरतपुर महानगरपालिका शिक्षा अधिकृत अरुणराज गौतम, बिद्या कोइराला, ट्र्याकसुटदाता एस एण्ड पि कम्पनीका संचालक सूर्य प्रसाद श्रेष्ठ, मूल गेट निर्माणको लागि सहयोगदाता कानुन ब्यबसायी अभिवक्ता श्री पूर्ण चन्द्र चापागाईं, शैक्षिक सुधार समिति सम्योजक श्री ऋषि राज खनिया, पूर्ब प्रधानाध्यापक नरेन्द्र खड्का, प्रमुख अतिथि जिल्ला समन्वय समिती चितवन प्रमुख श्री नारायण प्रसाद अधिकारीले आ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । वडा नम्बर ११ का वडाध्यक्ष बिशेष अतिथि रहनुभएको कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अधिबक्ता जगन्नाथ भण्डारीले आफ्नो मन्तब्य सहित सभापतितब गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *