मेरो फोहोर मेरो जिम्मेवारी भन्ने मुल नारा सहित बजार परिकर्मा गरि कार्यक्रम सम्पन्न
२१ माघ २०७९
” व अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा माडि नगरपालिकाको प्रमुख मेयर ताराकाजी महतो ज्युको प्रमुख आतिथ्यमा बसन्तपुर बजारमा “मेरो फोहोर मेरो जिम्मेवारी ” भन्ने मुल नारा सहित बजार परिकर्मा गरि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी मेयर तारा काजी महतो , मानव अधिकार तथा शान्ति समाज का केन्द्रिय उपसभापति राजेन्द्र पौडेलले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमका सभापति मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतले कार्यक्रम उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा मानब अधिकार तथा शान्ति समाज चितवन का तारा पौडेल , सुपिर्या सापकोटा , किरण राउत , खेमराज अधिकारी , पुर्ण चन्द चापागाईं , कुलानन्द भुषाल नेपाली काग्रेसका नेता शाेभाखर चापागाईं , नेकपा माओवादी केन्द्र नगर अध्यक्ष प्रभु महतो , नेकपा एमालेबाट कमल रामदाम , माडि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुरण महतो वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र राज पौडेल , बसन्तपुर टोल बिकास समितिका अध्यक्ष यम कुमार ल्यागुन , सरोज लामिछाने , रेडक्रसकर्मी भागिरथ बस्याल , मिराकल गार्डेनका दामोदर देवकोटा , इलाका प्रहरी प्रमुख सन्तोष कुमार खड्का , शिक्षक संघका अध्यक्ष टीका खत्री बरुवाल , नेत्र प्रसाद गौतम , चिरञ्जीवी काफ्ले , क्षेत्र देवकोटा , स्वास्थ्य कर्मी गोबिन्द नेपाल , वडा सदस्य सुकदेव लामिछाने लागायत ७५ जना भन्दा बढी समाजका अग्रजहरुको सहभागिता थियो भने कार्यक्रमकाे सहजिकरण शाखाका सचीव जीवन केसीले गर्नु भएको थियो।