हवाई उडान सुरक्षित नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा अनुमती दिएको छैन।

Spread the love

               नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ | बेल्जियमको ब्रसेल्समा बसेको नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्दिपक्षिय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो |

               सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्सदुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ | दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगकोसहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडी सार्ने विषयमा सहमति जनाएका छन् |

               युरोपेली संघले नेपालको हवाई उडान सुरक्षित नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा अनुमति दिएको छैन | यस विषयमा उच्चस्तरीय तहबाटै भएको पहललाई संघले स्वीकार गरे पनि बारम्बार नेपालमा भइरहेको हवाई दुर्घटनाले थप चुनौती बढाइरहेको छ | तथापि संघले संयुक्त राष्ट्रसंघको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आफ्नो समर्थन नेपाललाई रहने र बडापत्रले औंल्याएका सिद्दान्तअनुसार अघि बढ्ने प्रतिबद्दता जनाएको छ | यसले भविष्यमा उडान प्रतिबन्ध संघले खुला गर्न सक्ने सम्भावना कायम रहेको संकेत गरेको छ |

               अर्को महत्त्वपुर्ण पक्षका रुपमा नेपालको कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नतिको सवालमा संघले गहिरो चासो प्रकट गरेको छ | बैठकमार्फत सङ्घले सन् २०२६ मा स्तरोन्नतिपछिको सङ्क्रमणकालीन अवस्थाका लागि महत्त्वपूर्ण सहयोग गर्ने आश्वासन दिएको छ तर त्यसका लागि नेपालले तयार गरेको स्तरोन्नतिको रणनीति सङ्घसँगआदानप्रदान गर्नपर्ने सर्त अघि सारेको छ |

               भविष्यमा विकासोन्मुख मुलुकमा स्तरोन्नति भएपछि गर्न सकिने द्दिपक्षीय व्यापार सम्बन्धबारे पनि बैठकमा गहन छलफल भयो | जसअनुसार नेपालले सङ्घको प्रस्तावित लाभको पूर्ण उपयोग गर्न र आफ्नो निर्यात विविधीकरण गर्न जोड दिएको छ |

विभिन्न क्षेत्रमा लगानीको जोड

            बैठकमा दुवै पक्षका प्रतिनिधिमण्डलले लगानीको सम्भावनाका क्षेत्रको पहिचान र भविष्यमा साझेदारी गर्न सकिने क्षेत्रको पहिचान गरेको छ | विशेष गरी नवीकरणीय ऊर्जाको क्षेत्रमा बलियो लगानीको सम्भावनालाई बैठकले जोड दियो | नेपाललाई युरोपेली लगानी भएको बैंक र अन्य युरोपेली वित्तीय संस्थाका लगानीको अवसरको फाइदा लिन सङ्घले प्रोत्साहित गरेको छ | त्यसका लागि दिगो विकासका लागि नयाँयुरोपेली कोषमार्फत ग्यारेन्टी र अनुदानमार्फत समर्थन गरिने आश्वासन पनि उसले दिएको छ | त्यस्ता लगानिहरुले हरित र दिगो आर्थिक विकास र गरिबी न्यूनीकरणजस्ता क्षेत्रमा साझा प्राथमिकताका उद्देश्य पूर्ति गर्न सघाउने अपेक्षा रहने प्रस्ट पारिएको छ | त्यस्तै नेपालको शिक्षा क्षेत्रसँगको सहकार्यलाई जोड दिंदै बैठकले विद्युतीय स्वास्थ्य, विपत् व्यवस्थापन, साइबर सुरक्षालगायत क्षमता निर्माणका पाँच नयाँ परियोजनाको छनोट गरेको छ | जनसम्पर्क विस्तार गर्न कलाकारको आदानप्रदान र सांस्कृतिक,कुटनीतिक सम्बन्धलाई बढावा दिइने सहमति बैठकमा भएको छ |

            द्दिपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारले महिला र पिछडिएका समुहको प्रतिनिधित्वलाई थप सुदृढ गर्नुपर्नेमा सङ्घले जोड दियो | सरकारको नीति तथा कार्यक्रममा व्यक्त गरिएअनुसार संविधानको कार्यान्वयन र कार्यान्वयनलाई थप प्रवर्द्दन गर्ने प्रमुख मस्यौदालाई संसद्दमा पेस गर्ने नेपालको प्रतिबद्दतालाई सङ्घले स्वागत गरेको छ | शान्ति प्रक्रियामा बाँकि काम संक्रमणकालीन न्यायलाई पूर्णता दिन आग्रह गरेको छ | त्यस्तै दुवै पक्षले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्दनका लागि प्रयास जारी राख्नुपर्नेमा आफ्ना धारणा साटासाट गर्यो | नेपाल र संघले साझा हितका विषयमा मानव अधिकार परिषद्मा रचनात्मक रुपमा संलग्न हुने प्रतिबद्दता जनाएको छ |

            कोभिड-१९ महामारीमा खोप अभियान र आर्थिक उत्प्रेरणासहित नेपालको प्रतिक्रियाको प्रशंसा गर्दै विश्वव्यापी जलवायु र वातावरणीय सुशासनका लागि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने नेपालको प्रतिबद्दताको पनि संघले प्रशंसा गरेको छ |

            यसका लागि जलवायु वित्त प्रतिबद्दताको पारदर्शिता र जवाफदेहिताको महत्त्वलाई जोड दिदैं हरित संक्रमण, दिगो र सामाजिक रुपमा समावेशी छ भनी सुनिश्चित गर्न आवश्यक रहेकोमा दुई पक्षले सहमति जनाएको छ |

            परराष्ट्र सचिव भरतराज पौड्याल र संघका एसिया तथा प्रशान्त क्षेत्रका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीको संयुक्त अध्यक्षतामा बैठक बसेको थियो | आयोगको अर्को बैठक सन् २०२४ मा नेपालमा हुने तय भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *