बेसिक ब्युटिसियन तथा हाउस वाइरीङ तालिम उदघाटन समारोह सम्पन्न

Spread the love

-मनिष अर्याल

उपमेयर द्वारा सम्बोधन गर्नु हुँदै।

चितवन । भरतपुर महानगरपालिका वडा नं २० मा ब्युटिसियन तथा हाउस वाइरिंग तालिम विशेष समारोहको बीच उदघाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं २० को आफ्नै बजेटमा वडा वासीको लागी आयमुलक तथा सिपमुलक तालिमका प्रमुख अतिथी भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, विशिष्ट अतिथी वडा अध्यक्ष मुक्ती प्रसाद घले, विशिष्ट अतिथी नेपाली कांग्रेस नगर उपसभापती विजय घले, अतिथी महिला वडा सदस्य प्रभा शर्मा कोइराला, अतिथी महिला वडा सदस्य मठै परियार, अतिथी वडा सदस्य भोजराज लामिछाने, अतिथी वडा सदस्य टेक बहादुर तामाङ, अतिथी भरतपुर महानगरपालिका २० का वडा सचिव रामकृष्ण पाण्डे , हितैषी सिपमुलक तालिम केन्द्रको व्यवस्थापक सरस्वती गौतम, ब्युटिसियन प्रमुख प्रशिक्षक विष्णु रेग्मी, इलेक्ट्रीसीयन प्रमुख प्रशिक्षक अर्जुन तामाङ, इलेक्ट्रीसीयन सहायक प्रशिक्षक काशिराम दवाडी, ब्युटिसियन सहायक प्रशिक्षक सिर्जना पौडेल, बुटिक तालिमका उपसभापती सुर्यकला अधिकारी, प्रशिक्षार्थीहरु अनिता दवाडी, मन्जुला कुमाल, गायत्री दुलाल बराल, बिना कुमारी परियार, सम्झना परियार, अनु गुरुङ, पुजा गुरुङ, सुनिता गुरुङ, तुलसी लामा लगायत ब्युटिसियन र इलेक्ट्रीसियनका  गरी जम्मा ४७ जनाको उपस्थिती थियो । उक्त उद्घाटन समारोहमा प्रमुख अतिथी भरतपुर महानगरपालिकाका उप-मेयर चित्रसेन अधिकारीले सम्बोधन गर्नु हुदै नगरवासीलाई आयमुलक सिप दिनु नै जनप्रतिनिधीको प्रमुख कार्य हो, नगरवासीको सुख दुखमा सदैव हाम्रो  साथ रहने छ, यस तालिम सिकेपछी सबैले व्यावसायिक उद्यमशीलता तालिम लिई व्यवसाय गर्न अनुरोध गर्नु भयो । यस सीपलाई पूर्ण नभएमा थप तालिम दिन महानगर तयार रहेको र अन्य सिप दिई नागरिकलाई दक्ष र सक्षम बनाउन तयार छ भनी सम्बोधन गर्नु भयो । बाटो, कुलो, पार्टी, मन्दिर, पुल, गुम्बा बनाइ नागरिकलाई सुबिधा सम्पन्न बनाउन लागी परेका छौ भनी बताउनु भयो । विशिष्ट अतिथी भरतपुर महानगरपालिकाका वडा अध्यक्ष मुक्ती प्रसाद घलेले गरिबका रेखा मुनि रहेका वडा बासीलाई सिपमुलक तालिम माग गर्नु भयो । बाटो, कुलो, पार्टी, मन्दिर, पुल, गुम्बा निर्माणको लागी वडा बासीले माग गर्नु भएको हुदा यथाशिघ्र यसै वर्षको बजेटमा वडा नं २० का वडावासीको मागको सम्बोधन गरिदिनु हुन् उपमेयर लाइ अनुरोध गर्नु भयो । महिला वडा सदस्य तथा सिपमुलक तालिमको संयोजक प्रभा शर्मा कोइरालाले तालिमका सहभागीहरुलाई सम्बोधन गर्नुहुदै सहभागीले नियमित उपस्थित भई तालिम लिनु हुन अनुरोध गर्नु भयो । यस सिकाइ  कार्यक्रमले पूर्ण नभएमा थप सिकाई कार्याक्रम ल्याई पूर्ण बनाइने छ । सिकेको सीपलाई व्यवसायमा परिणत गर्न अनुरोध गर्नु भयो । वडावासीको समस्यामा हामी जनप्रतिनिधी दिन रात नभनी सेवा गर्न तयार छौ । यहाहरु पनि सेवा लिन तयार हुनुहोला भनी सम्बोधन गर्नु भयो । यहाहरुको सिप नै राज्यको शक्ती हो , हामी सुखी नेपाली , समृद्द नेपाल बनाउन  तयार छौ भनी प्रभा शर्मा कोइरालाले तालिमको सहभागीलाई सम्बोधन गर्नु भयो । उक्त तालिम कार्यक्रमको सहभागीलाई सम्बोधन गर्नु हुदै वडा सचिव राम कृष्ण पाण्डेले वडा बासीलाई सेवा दिनु नै हाम्रो पहिलो कर्तव्य हो भनी विभिन्न तालिम विकासको ढोका खोल्न हामी दिन रात लागी परेका छौ, वडा वासी पनि सेवा लिन तयार रहनुस भनी सम्बोधन गर्नु भयो । आगामी दिनमा विभिन्न प्रकारको तालिम दिई नागरिकलाई उद्योगी बनाई स्वरोजगार बनाउन भरतपुर महानगरपालिका वडा नं २० लागी पर्ने वडा सचिवले बताउनु भयो । उक्त कार्यक्रमको सभापती हितैषी सिपमुलक तालिम केन्द्रका अध्यक्ष देवराज थपलियाको अध्यक्षतामा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *