एडभान्स प्याट्रन सिलाई कटाई तालिम सम्पन्न

Spread the love

-मनिष अर्याल

चितवन । २ महिने एडभान्स प्याट्रन सिलाइ कटाई तालिमको आज विशेष समारोह बीच सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख विष्णुप्रसाद भुषाल ज्यु प्रमुख अतिथी, विशिष्ट अतिथीमा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठ ज्यू, विशिष्ट अतिथी भरतपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य पुष्पराज अर्याल, अतिथी जिल्ला घरेलु कार्यालय चितवनका प्रतिनिधी अम्बिका रिजाल, वरिस्ठ प्रशिक्षक केश कुमारी श्रेष्ठ , सहायक प्रशिक्षक प्रमिला श्रेष्ठ रहनु भएको थियो । तालिममा सहभागी प्रमिला मगर,प्रदिप परियार,मनिषा श्रेष्ठ,शान्ता रेग्मी,सरस्वती आचार्य पौडेल, रश्मी थापा मगर, कल्पना न्यौपाने अर्याल, भविसरा काफ्ले, निर्मला बानिया, लक्ष्मी आचार्य शर्मा, राधिका श्रेष्ठ, अनिता कुमाल, संजिविनी सुनाम, कोपिला थापा, लक्ष्मी प्रभा पन्त, पुन माया बिरकट्टा मगर, सजिना श्रेष्ठ, रेनुका रेग्मी भट्ट, खिमी मगर पल्ली, अम्बिका मगर कुमाल, प्रमिला बि.क , सन्तोषी पौडेल, अजय खाती र विद्या ढकाल कुमाल सहभागी हुनु भएको थियो। प्रमुख अतिथी घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख विष्णुप्रसाद भुषाल ज्यु बाट तालिमका  सहभागी सबैलाई व्वसायिक बन्नलाइ आग्रह गर्नु भयो । सिप तालिम क्षमता बौद्दिक सम्पत्ती हो त्यसलाई अधिकतम परिचालन गरी व्यवहारमा ल्याउन सके देश सम्वृद्ध हुन समय नै लाग्दैन । परीक्षार्थीहरुलाई सम्बोधन गर्दै आवश्यक तालिम, प्रविधी तथा सस्तो ब्याजमा व्यवसायीक ऋणको लागि सिफारिस गर्न  सदैव लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको ढोका सदैव खुल्ला छ भनी सबै सहभागीहरुलाई तालिममा सिकेका सीपलाई व्यवसायमा परिणत गरी सबल र सक्षम नागरिक बनी आत्मनिर्भर बन्न प्रेरित गर्नु भयो । विशिष्ट अतिथी भरतपुर महानगरपालिका १५ का वडा सदस्य पुष्पराज अर्यालले सम्बोधन गर्नु हुदै जनताको हक हित सिप र व्यवसायमा संरक्षण गर्नु हामी जनप्रतिनिधीहरुको पहिलो कर्तव्य हो ।  चुनावको बेला जनतालाई दिइएका बाचाहरु; गास, बास र कपास निशुल्क शिक्षा, स्वास्थ, रोजगार , व्यावसायिक प्रवर्द्धन, उद्यमशीलता, नेतृत्व विकास तालिम दिन र व्यावसायिक प्रविधी हस्तान्तरण गर्न भरतपुर महानगरपालिका वडा नं १५ सदैव तयार छ भनी तालिमका सहभागीहरुलाई सफलताको शुभकामना दिनु भयो ।  अतिथी जिल्ला घरेलु कार्यालय चितवनका प्रतिनिधी अम्बिका रिजालले सम्बोधन गर्दै जिल्ला घरेलु कार्यालय चितवनले नया व्यवसायीहरुलाई व्यवसायी दर्ता, उद्यमशिलता, औद्योगीक स्क्रीम, प्रविधी हस्तान्तरणको लागी सक्दो सहयोग गर्ने बताउनु भयो । भरतपुर-११ का वडा सचिव ओम प्रकास न्यौपानेले तालिम समापनका सहभागीहरुलाई शुभकामना दिदै भरतपुर-११ ले नया व्यवसायी लाई प्रोत्साहन र सम्मान गर्ने बताउनु भयो । उक्त कार्यक्रम सफल भविष्य प्रा.ली. का अध्यक्ष तथा चिरफार खबरका प्रधान सम्पादक देवराज थपलिया ज्यु ले तालिम समापनमा सहभागी सबैलाई शुभकामना दिदै व्यवसाय गर्न आवश्यक प्रविधी, व्यावसायिक ऋण, उद्यमशीलता, लेखा व्यवस्थापन अपुग भएका सीपलाई आगामी दिनमा माग गरी सक्षम र सबल नागरिक बनाउन सफल भविष्य प्रा.ली. यहाहरुको भविष्य सफल बनाउन निरन्तर लागी पर्ने बताउनु भयो । यस संस्थाले गरिबका रेखामुनी रहेका विपन्नहरुलाई खोजी अभियान जारी राखी विभिन्न खाले सिपमुलक तालिम दिई सुखी र व्यावसायिक  नेपाली बनाउने बताउनु भयो । तालिममा सहभागी गरिब, विपन्न, द्वन्द्व पिडित, दलित,  जनजाती, अल्पसंख्यक, विदेशबाट नेपालमा नै व्यवसाय गर्छु भनी फर्केकाहरुलाई सिप तालिम दिई व्यवसाय प्रवर्द्धन गर्न लागी पर्ने बताउनु भयो । यस कार्यक्रमको संचालन सँगै तालिम अवधीभरको प्रतिवेदन संस्थाका व्यवस्थापक श्री सरस्वती गौतम ज्यु ले चुस्त दुरुस्त  प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा निश्चित कोटा २० जनाको रहेता पनि सफल भविष्य प्रा.ली ले अवस्था हेरी थप ४ जनालाई संस्थाकै लागतमा निशुल्क प्रशिक्षण दिइएको थियो । सोही कार्यक्रमका बीच प्रशिक्षक द्वय केश कुमारी श्रेष्ठ र प्रमिला श्रेष्ठ लाइ दोसल्ला ओढाई सम्मान पत्रका साथ् सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सम्पूर्ण प्राविधीक पक्ष संस्थाका कम्प्युटर अपरेटर श्री मनिष अर्यालले हर्नु भएको थियो । तालिमको  सहायक व्यवस्थापकीय कार्यमा श्री मनिषा अर्यालले सहयोग गर्नु भएको थियो ।

सोही कार्यक्रम संस्थाका अध्यक्ष श्री देवराज थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *