निर्वाचनको जिम्मा कसले लिने?
जब रवि लामिछाने नेपालको राजनीतिमा आउने निधो गरे त्यहाँबाट शुरु भएको रबि लामिछानेको नेपाली नागरिकताले विभिन्न खाले प्रश्नहरू खडा गर्दै आजको दिनसम्म आईपुग्दा रवि लामिछाने अध्यक्ष बनेर राष्ट्रिय स्वतन्त्र पार्टी खडा गरी निर्वाचन सम्पन्न भएर राष्ट्रिय पार्टी बन्दै गर्दा कानुन सबैले जान्नु पर्ने भन्ने सर्वमान्य सिद्धान्त भएपनि सबै व्यक्ति कानुनको बिज्ञ हुँदैनन् भन्ने कुरा रविको मुद्दाबाट प्रमाणित समेत भएको छ । यसै विषयमा रविले निर्वाचनमा भाग लिँदै गर्दा नागरिकता माथि उठेका सवालहरूलाई पूर्णतया टुङ्गोमा नपुर्याई नेपालको निर्वाचन आयोग तथा निर्वाचन प्रणालीले रवि लामिछानेलाई निर्वाचन प्रकृयामा सहभागी गराई चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गरिएको निर्वाचन खर्च विवरण सबै पार्टी, नागरिक तथा राज्यको कोषभारमा लागेको व्ययभार र समयको अनावश्यक प्रयोगबाट भएको क्षतिपूर्तिको जिम्मा अब कसले लिने भबिश्य्मा पनि यस्ता खालका राज्यकोषबाट अनावश्यक रुपमा ब्ययभार बढ्ने खालका कामको निरुत्साहित गर्न नसके र यस्तै प्रकारको निर्वाचन प्रणाली अवलम्बन गर्दै गए राष्ट्रको ढुकुटीको स्थिति के हुने यसको उत्तर नेपालको कुन निकायले कसरी दिनु पर्ने हो सो को पनि चर्चा परिचर्चा हुनु समय सान्दर्भिक देखिन्छ । होईन भने यस्तै किसिमका निर्वाचनको फजुल खर्च मात्र पनि राज्यले बहन गर्न सक्ने देखिदैन ।