सोनाम ल्होसार दिवस सम्पन्न

Spread the love

काठमाडौँ । आज तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होछारमनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होसार मनाएको हो ।  हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ ।  देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा  सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

हेरौं आज आयोजित ल्होसार भरतपुर ११ स्थित लामा टोलको गुम्बामा आयोजित कार्यक्रमको झलक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *