जनस्तरमा अन्तरक्रिया तथा सूचना प्रवाह

Spread the love

चितवन । जनस्तरमा अन्तरक्रिया तथा सूचना प्रवाह २०७९ माघ ४ गते सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय माडी ९ कान्छी बगहीमा र चैनपुरमा भएको ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय, माडी(९, कान्छी बगहीँ र चैनपुरले सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
सीमामा हुने अपराध तथा अवाञ्छित गतिविधि नियन्त्रण र सीमा सुरक्षाका विषयमा माडी-९, बगहीँ र चैनपुरमा २०७९ माघ ४ गते कानल्ल अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा वडाध्यक्ष घनश्याम दवाडी, बि।ओ।पी। प्रमुख सशस्त्र प्रहरी निरिक्षक राजेश श्रेष्ठ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
यसअघि सो बि।ओ।पी। कार्यालयले राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा माडी(९ स्थित नमुना चेपाङ्ग बस्तीमा भुकम्प, आगलागी, शितलहर जस्ता बिपद् सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रमुख सशस्त्र प्रहरी निरिक्षक राजेश श्रेष्ठ भन्नुहुन्छ स्थानीय जनताहरूलाई समय समयमा सुसूचित गराउनु प्रहरीको दायित्व हामीले नियमित प्रक्रिया जस्तै गरेका छौ जस अन्तर्गत सीमा सुरक्षा प्रहरीले गर्ने गरेका कामहरु जस्तै सीमाहरुको हालको अबस्था र पहिलाको सीमाको अबस्थामा अन्तर, सुरक्षा कार्यक्रम अन्तर्गत गरिने नियमित सूचना प्रवाह, नियमित गस्ती तथा पेट्रोलिङ्ग त्यसै सन्दर्भमा उहाँले भन्नुभयो चितवनका क्षेत्रमा रहेको सीमा क्षेत्रमा भारतीय पक्ष र नेपाली पक्षबीच त्यस्तो कुनै समस्या रहेको छैन किनकी दुबैतर्पm राष्ट्रिय निकुञ्ज रहेको र मानवीय बस्तीहरु कम मात्रामा रहेकोले आपसी असमझदारीका सम्भावनाहरु ज्यादै न्युन रहेका छन् भएका सीमास्तम्भहरु चुस्त दुरुस्त रहेका छन्भने नेपाली तथा भारतीय दुबै पक्षले आ आफ्नो सीमा क्षेत्रलाई नियमित गर्न जि पि एस प्रणाली मार्पmत् नियमित अनुगमन तथा निरिक्षण समेत गरिरहेको हुन्छ । 
त्यसै गरी भङ्गता चैनपुरका सशस्त्र प्रहरी निरिक्षक ज्ञान बहादुर थापाका अनुसार सीमा सुरक्षा प्रहरी बलले सीमा सुरक्षा सम्बन्धी अन्तक्रिया तथा जनस्तरमा सूचना प्रवाह गरी जनसमुदायलाई साथ लिएर हिड्ने खालका कार्यक्रमहरु सीमा सुरक्षा सम्बन्धी प्रधान कार्यालयको सर्कुलर अनुसार समय समयमा गर्ने गरिन्छ त्यसै अनुसार २०७९ माघ ४ गते माडी नगरपालिका उप प्रमुख खेम प्रसाद महतो, वडाध्यक्ष अमित कुमार लामा लगायत स्थानीय जनसहभागीतामा स्मिा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो भन्नुभयो यसै विषयमा थप्दै उहाँले भन्नुभयो सीमा सुरक्षा सम्बन्धी प्रहरी बलले घना जङ्गल, दुर दराज र टाढाको बाटो पैदलयात्रा गर्ने क्रममा कहिलेकाँही बाटो बिराएर वा विर्सेर समस्यामा परिने र जङ्गलाी जनावरको डरका बाबजुद आफ्नो जिम्मेवारी पूरा गर्न र राज्यले सुम्पेको दायित्व पूरा गर्न अहोरात्र खटिने क्रममा बाटोमा बास पर्दा दैनिक अत्यावश्यक पर्ने उपभोग्य सामानहरु जस्तै पानी खाना सकिएर समस्यामा परेका समेत दिनहरु भएको समेत सुनाउनु भयो । 
यसै क्रममा माडी छरछरे पोष्टका प्रहरी निरीक्षक विकाश खतिवडालाई बुझ्न खोज्दा उहाँ कार्यालयको काम बिशेषले कार्यालय बाहिर रहनुभएको हुँदा हाल पोष्टको जिम्मेवारी सम्हाली आउनुभएका सशस्त्र प्रहरी नायब निरिक्षक मान बहादुर खड्काका अनुसार सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु नियमित वडास्तरमा राखीरहने गरिन्छ यस छरछरे पोष्टले भने केही अघि मात्र कार्यक्रम गरी सकेको हुँदा हालका दिनमा सीमा सुरक्षा तथा नियमित पेट्रोलिङ्गमा नै केन्द्रित रहेको बताउनुभयो । यसै विषयमा थप जानाकारी लिँदै सफल भविष्य प्रा. लि.द्वारा सञ्चालित चिरफार खबर पत्रिकाका सह सम्पादक पूर्ण चन्द्र चापागाईसँग कुरा गर्दै भन्नुभयो सोमेश्वर क्षेत्रमा रहेका सीमास्तम्भहरु मर्मत गर्नु पर्ने भएका यस भन्दा पहिलेदेखि नै सम्बन्धित निकायमा जानाकारी समेत गरी सकिएको तर हालसम्म मर्मत हुन नसकेको समेत बताउनुभयो । मर्मत सम्भार सम्बन्धित विषयमा चासो राख्दा एक त बजेट लगायतका प्रक्रिया पूरा गर्नु पर्ने अर्कोतर्फ भारतीय र नेपाली दुबै पक्षको सम्युक्त सहमति विनाबाट उक्त स्तम्भहरु मर्मत गर्नु पर्ने कानुनी प्रावधानहरु रहेको हुँदा सो विषयमा आवश्यक निर्देशनको प्रक्रिया अगाडि बढेको र सो प्रक्रिया पूरा नभएसम्म  मर्मत हुन नसकेको समेत जानाकारी गराउनु भयो । सीमा सम्बन्धी स्तम्भ राख्ने क्रममा सोमेश्वर क्षेत्रमा यस भन्दा पहिलेका स्तम्भहरु सोमेश्वर कालिका मन्दिरभन्दा करीब १ किलोमिटर भारततर्फ रहेकोमा सिमेन्टेड स्तम्भ राख्ने क्रममा पहाडको चुचुरोमा ल्याइ राखिएकोमा कुरा गर्दा सबै सीमा निर्धारण विषयमा बिशेषज्ञहरुले नै निर्धारण गरी नेपाल र भारतको सम्युक्त सहमतिमा सीमा स्तम्भ राखिने र सीमास्तम्भ राखिएका र कायम भएका स्तम्भको रक्षा गर्ने दायित्व सीमा सुरक्षा बलको रहेको हुँदा सो विषयमा स्थानीय र सम्बन्धित विशेषज्ञहरु नै त्यस विषयको जानाकार हुने समेत बताउनुभयो । माडी नगरपालिका सीमा जोडिएको वडा नम्बर ५ का वडाध्यक्ष गणेश घतानेसङ्ग सम्पर्क गर्दा आफूलाई यस बिषयमा जानकारी नभएको वडा नम्बर ४ का वडाध्यक्ष माधब चापागाईका अनुसार पनि मर्मत सम्भार गर्नुपर्ने स्तम्भहरूलाई नेपाल र भारतका दुबै देशको आपसी समझदारीमा गर्नुपर्ने हुँदा केन्द्रीय सीमाबोर्डले पहल गरेर मात्र त्यसको लागि बजेट बिनियोजन गरेपछि सो काम गर्न सकिने बताउनुभयो ।  माडी नगरपालिका प्रमुख ताराकाजी महतोका अनुसार सीमा सुरक्षाबलको स्थानीय कार्यालयबाट बेला बेलामा सुरक्षाका बिषयमा, गस्तिका बिषयमा जानकारी गराइएको सीमास्तम्भमा लेखिएका अक्षरहरू स्पष्ट नभएका, मेटिएका भएपनि सीमा स्तम्भ टुटफुट र मर्मत गर्नुपर्ने भन्ने कुराको आधिकारिक जानकारी माडी नगरपालिकामा नआएको बताउनुभयो ।  उप प्रमुख खेम प्रसाद महतोलाई सम्पर्क गर्दा मोबाइल कल रिसिभ नगरेकोले उहाँसङ्ग सम्पर्क हुन सकेन  ।  विशेष शुत्रका अनुसार स्तम्भ न ५५ मा अलि बढी नै मर्मत गर्न पर्ने भएको समेत जानकारीमा आएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *