“सचेत रहन क्षेत्रिय प्रतिनिधिलाई आग्रह “-प्रकाश अधिकारी
जिल्ला, क्षेत्र र नगर अधिवेशनमा टिममा पारिदिने प्रलोभन देखाएर पैसा असुल्ने र क्षेत्रिय प्रतिनिधिहरूको टाउको बेच्ने ठेकेदारबाट यो अधिवेशनमा नेपाली कांग्रेसलाई जोगाउन सबै सचेत क्षेत्रिय प्रतिनिधिहरूलाई अपिल गर्दछु। हाम्रो पार्टीको अधिवेशनमा हामीले गुटको नेता होइन काँग्रेसको नेता बन्न सक्ने नेतृत्व छान्नु पर्छ। हामीले नेताको आचरण, संस्कार, चिन्तन, निष्ठा र आर्थिक सामाजिक चरित्रको बारेमा बहस गरेका छौं। अहिले हामीले जिल्लाको नेतृत्व छान्ने जिम्मेवारी पाएका छौं,जिल्लाको नेतृत्वको आर्थिक र सामाजिक चरित्रको मुल्यांकन हामीले गरेनौं भने हामी पनि भष्ट्राचार र दुस्चरित्रका मतियार त बन्दैनौ एकपटक सोचौं र मत हालौं।मत र मनको सम्बन्ध जोडौं यो अधिवेशनमा।बिगत र बर्तमानको मुल्यांकन गरौं,सदाचार र भ्रष्ट आचरणमा फरक छुट्याउँ,बोलाई र गराईको हेरौं, कम्युनिष्टसंग वैचारिक रुपमा लड्न सक्नेलाई रोज्ने कि कम्युनिष्टसंग मिलिजुली आथिर्क ऊपार्जनको लागि पार्टीको पदको दुरुयोग गर्नेलाई रोज्ने? विचार , पार्टीका प्रतिको प्रतिवद्धता,आचरण, निष्ठा र चरित्र नभएको जमातबाट जनताको विचमा पार्टीको साख जोगाउन सकिदैन,आज मतको निर्णय गर्दा विचार गरौं , भोलि पछुताउनुको अर्थ रहँदैन, असल छानौं,असल बनौं। हाम्रो काँग्रेस, राम्रो काँग्रेस,जनताको मनमा बस्ने काँग्रेस।गुटको दुर्गन्धबाट काँग्रेसलाई जोउगाउँ।