तीस मेट्रीक टन तरुल आयात
माघेसङ्क्रान्तिको विशेष परिकार तरुल बेच्न स्थानीय किसान तथा व्यापारीलाई यतिबेला चटारो छ । माघेसङ्क्रान्ति मुखैमा आइपुग्दा खेतमा लगाएको तरुल खनेर बजारसम्म पुऱ्याउन भ्याइनभ्याइ छ भने तरुल किन्नेहरूको पनि बजारमा त्यतिकै भीड -देखिएको छ
पोखरामा यस वर्ष करिब ३० मेट्रिन टन तरुल भित्रिएको अनुमान गरिएको छ । कृषि बजार व्यवस्थापन समिति शान्तिवनका योजना सहायक रुपा दाहालका अनुसार धादिङ, नवलपुर, गोर्खा, नारायणघाट, चितवन, कास्की र तनहुँ जिल्लाबाट यतिको तरुल आयात भएको अनुमान गरिएको छ ।
तर यहाँ भारतबाट समेत तरुल आयात गरिएको पाइएको छ। विगत वर्षका तुलनामा यस वर्ष तरुल आयात कम भएको व्यापारी कुमार लामाको भनाइ छ । तरुल लगाउन सजिलो भए पनि ज्याला र ढुवानी खर्च बढी हुँदा बजारमा तरुलको मूल्य बढेको उहाँको भनाइ छ ।
भैसे, पञ्जे, राजा, वन तरुल, सिमललगायत अन्य स्थानीय प्रजातिका तरुल बजारमा आएका छन् । बजारमा वन तरुलको मूल्य प्रतिकेजी १५० देखि २५० रुपियाँसम्म रहेको छ । करिब ३० देखि ४० लाख बराबरको व्यापार गरिएको बताइएको छ। म्यादीबाट व्यापार गर्न पोखरा आउनुभएका शिव विक तरुल लगाउन सजिलो भए पनि खन्नका लागि ज्याला थोरै हुने भएकाले खन्नुपर्ने समस्याका कारण मूल्य बढेको बताउनुहुन्छ ।
वर्षमा पर्ने १२ माघेसङ्क्रान्ति मध्य माघे संक्रान्तीलाइ विशेष रूपमा मनाइन्छ । माघेसङ्क्रान्ति, तिलुवासङ्क्रान्ति, मकरसङ्क्रान्ति वा माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महोत्वका साथ यो पर्वलाई मनाउने चलन छ । माघेसङ्क्रान्तिमा विशेष गरी शरीर तातो बनाउने खानेकुरा बनाएर खाने प्रचलन रहेको बताइन्छ ।पोखराको थोक बजारको रूपमा कृषि 23 बजार व्यवस्थापन समिति शान्तिवन रहेको छ यहाँबाट खुद्रा व्यापारीले तरुल खरिद गरी २५देखि ३० रुपियाँ नाफा लिएर बाहिर बजारमा बेच्ने गरेका छन् ।