दिनरात नभनि हत्यारा पत्ता लगाउने सक्षम प्रहरि टिम
कुनै पनि तप्काबाट अवरोध नभए नेपाल प्रहरीको अनुसन्धान फितलो छैन भन्ने फेरि एक पटक पुष्टि भएको छ । संखुवासभाको मादीमा ६ जना परिवारनै सखाप पार्ने गरी भएको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेसँगै नेपाल प्रहरी प्रति जनताको विश्वास र सम्मान थप बढेको छ । भौगोलिक हिसावले विकट मानिएको मादीमा जव काविल अफिसर हरु पुगे अन्नत अभियुक्तलाई पक्राउ गरेर घटनालाई टुङगोमा पुर्याएरै छोडे ।प्रहरीले आज आईतवार घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । ६ जनाको सामुहिक हत्याकाण्डमा संलग्न परिवारकै सदस्यलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो।प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए, नातामा भतिजा। लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्।उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे।झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो। प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्यो, तर केही पनि फेला पार्न सकेन।जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो। बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो, साढे ५ देखि ६ बजेको समय। यकिन गरिनसकिएको यो समयमा लोकबहादुर आँगनमा निस्केका थिए।
उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए।
तेजबहादुर खेताला खोज्न भन्दै घरबाट निस्केका थिए। तेजबहादुर र लोकबहादुरको घर डेढ सय मिटरमा दुरीमा पर्छ।तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको लोकबहादुरले प्रहरीलाई बताएका छन्। तेजबहादुरले आफूलाई पहिला गालीगलौज गरेको लोकबहादुर सम्झिएको बताएका छन्। त्यसपछि आँगनबाट दाउरो टिपेर उनी तेजबहादुरलाई हिर्काउन अगाडि बढेको बताएका छन्। डिल उक्लिँदै गरेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेको बताएका छन्।यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्। ‘ए यो लोकेले मार्यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्,’ वडाध्यक्ष खेमनाथ कटुवालले भने।यसरी प्रहार गर्दा तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्। ‘ए यो लोकेले मार्यो भन्दै आउँदा उनलाई पनि हिर्काएको बताएका छन्,’ वडाध्यक्ष खेमनाथ कटुवालले ‘दुई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी-लखेटी दाउराले हिर्काएको बताएका छन्,’ कटुवाल भन्छन्, ‘कसलाई कतिपटक हिर्काएको उनलाई पत्तो पाइनँ भन्छन्।’त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए। कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए। कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो। पार्वतालाई न्याकेर पहिले उनको टाउको भित्तामा दुई पटक ठोक्काएको र त्यसपछि दाउराले हिर्काएको लोकबहादुरले बताएका छन्।‘तेजबहादुरलाई मात्रै हिर्काउन खोजेको भए पनि परिवारका अरु सदस्यले देखेर आफूतिर आएपछि लखेट्दै हिर्काएको उनले बताएका छन्,’ वडाअध्यक्ष कटुवाल भन्छन्।आफूलाई ‘होच्याएर’ बोल्ने गरेकाले तेजबहादुरसँग ‘रिस’ उठेको लोकबहादुरले बताएको कटुवालले जनाए।‘घटनामा प्रयोग भएको दाउरो चाहिँ बालिसकेको बताएका छन्,’ वडाध्यक्ष कटुवालले भने।