एती एअरलाइन्स विमान पोखरामा दुर्घटना
माघ १ – पोखरामा दुर्घटनामा परेकाे यति एयर लाइन्सकाे जहाजमा चालक दलका ४ र यात्रु ६८ जना रहेकाे खुलेकाे छ। जसमध्ये ३ शिशु, ६ बालबालिका र ६२ जना महिला पुरुष वयस्क भएको खुलेको छ । चालक दलमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट सहित एस हुन्चु र ओए मगर परिचारिका रहेकाे खुल्न आएको कास्कीका प्रजिअ टेकबहादुर केसीले बताए।
प्रजिअ केसीका अनुसार अहिलेसम्म कम्तीमा ३० जनाको शव फेला परेकाे र अरु पनि जिउँदो हुने सम्भावना नरहेको बताए। अहिले फेला परेका शवहरु डढेर पहिचान गर्न नसकिने अवस्थामा रहेकाे उनले बताए।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकाे जहाज ११ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा फेवा खोँच स्थित पोखरा महानगरपालिका -१५ नयाँ गाउँमा जहाज दुर्घटनामा दुर्घटनामा परेकाे हाे। उद्वारकाे लागि नेपाली सेना,प्रहरी र सशस्त्र प्रहरी बलकाे टाेलि लागि रहेकाे प्रजिअ केसीले बताए ।
