पल्लवी कृषक समुहको अध्यक्षमा कुस्माखर चापागाईं चयन
माडी४, खैरहनीस्थित पल्लवी कृषक समुहको अध्यक्ष पदमा कुस्माखर चापागाईं चयन हुनुभएको छ ।
माडी-४ का वडाध्यक्ष माधव चापागाईंको प्रमुख आतिथ्यमा रेडहिल पार्कमा सम्पन्न समूह १४औं साधारणसभा एवं अधिवेशन कार्यक्रमबाट चापागाईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः लिला सापकोटा, विष्णु लामिछाने, तारा चापागाईं र सरस्वती तिवारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा बसुन्धरा सापकोटा, विष्णुमाया लामिछाने, रेखा अर्याल र यमकला भुषाल रहनुभएको छ ।
समितिले मोहन प्रसाद लामिछानेको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । खैरहनी क्षेत्रका कृषकहरु २०६२ सालबाट सो कृषक समूहमा आवद्ध रही नियमित बचत तथा कृषि कार्यमा सरिक हुँदै आएका छन् । कुश्माखर चापागाईं यस क्षेत्रमा समाजसेवी अगुवाको रुपमा अगाडि रहदै आउनुभएको छ भने टोल बिकास सस्था, मन्दिर ब्यबस्थापन लगायतक धेरै संघ सस्थाहरूको अध्यक्षभएर काम गरि आइरहनुभएको छ । कृषि मिल उद्योग, कुखुरा ब्यबसाय तथा कृषि क्षेत्रमा आफ्नो लगनशीलताबाट अगाडि आइरहनुभएको देखिन्छ ।