मानव अधिकार शान्ति समाजकाे केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित
दलित पन्चकन्या पुजन र उनिहरूबाटै कार्यक्रम उद्घाटन सहितको अभ्यास शुरु गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले अध्यक्षमा रामकृष्ण बराललाई चुन्यो । नव निर्वाचित मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापति पदमा रामकृष्ण बरालले लोकतान्त्रिक अभ्यास सहित निर्वाचन प्रक्रियामा ७४ मत सहित निर्वाचित हुनुभएको हो भने उहाँका प्रत्यासी शुशीलबस्नेतले ३३ मत पाउनुभएको थियो । प्रत्यासी पदलाई मानव अधिकार तथा शान्ति समाजले अभिभावकको रुपमा ग्रहण गर्ने गर्दछ । त्यस्तै बरिस्ठ उपसभापतिका लागि भएको निर्वाचनमा कृष्ण बहादुर रावलले ८९ मत सहित बिजयी हुनुभयो भने अर्का प्रत्यासी श्याम सुन्दर पराजुलीले १८ मत ल्याउनुभएको थियो । मानव अधिकार तथा शान्ति समाज २५ औँ रा.प.बैठकबाट सभापति तथा बरिस्ठ उपसभापति पदमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन गर्नको लागि ३९ जिल्लाबाट पठाइएको प्रतिनिधिहरूको रेकर्ड अनुसार जम्मा १३५ मानव अधिकारकर्मी मतदाता रहनुभएकोमा जम्मा १०७ जना मानव अधिकारकर्मीहरूले मतदान गर्नुभएको थियो । निर्बिरोधको लागि अन्तिम समयसम्म प्रयास गरिएको थियो त्यसमध्ये बाकी पदहरूमा निर्बिरोध/ सर्बसम्मत सहमतिको आधारमा कार्यसमितिको चयन गरिएको छ ।
केन्द्रीय कार्यसमितिका २७ पदहरू
१. सभापति पद १ मा दाङ शाखाबाट वर्तमान वरिष्ठ उपसभापति सुशील बस्नेतले ३३ मत सहित प्रत्यासी हुनुभएको छ । र काठमाण्डौ शाखाबाट वर्तमान महासचिव रामकृष्ण बरालको मनोनयन गर्नुभएकोमा ७४ मत सहित बिजय हासिल गर्नुभएको छ ।
२. वरिष्ठ उपसभापति पद १ मा पाल्पा शाखाबाट वर्तमान उपसभापति कृष्णबहादुर रावलले ८९ मत सहित बिजयी हुनुभएको छ भने अर्का प्रत्यासी उमेदवार नवलपुर शाखाबाट पूर्व सचिव श्यामसुन्दर पराजुलीको मनोनयन भएकोमा निर्वाचन प्रक्रियामा १८ मत सहित प्रत्यासी हुनुभएको छ । भने बाकी सबै पदहरूमा निर्बिरोध भएको छ ।
३. उपसभापति पद १ मा चितवन शाखाबाट पूर्व सचिव राजेन्द्र पौडेल
४. उपसभापति (महिला) पद १ मा सुर्खेत शाखाबाट वर्तमान सचिव पुष्पा मल्ल
५. महासचिव पद १ मा काठमाण्डौ शाखाबाट पूर्व उपसभापति रेनुका पौडेल
६. सचिव प्रदेश १ मा तेह्रथुम शाखाबाट वर्तमान केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्र
७. सचिव मधेस प्रदेश मा पर्सा शाखाबाट वर्तमान सचिव अमरबहादुर गौतम
८. सचिव वाग्मती प्रदेशमा ललितपुर शाखाबाट वर्तमान केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा
९. सचिव गण्डकी प्रदेशमा गोरखा शाखाबाट शाखाका पूर्व सभापति सीताराम तिवारी
१०. सचिव लुम्विनी प्रदेशमा नवलपरासी पश्चिम शाखाबाट शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्री
११. सचिव कर्णाली प्रदेशमा सुर्खेत शाखाबाट शाखाका निवर्तमान सभापति प्रकाश शाही
१२. सचिव सुदुरपश्चिम प्रदेशमा कैलाली शाखाबाट शाखाका निवर्तमान सभापति भक्तबहादुर विश्वकर्मा
१३. सचिव (जनजाती) मा नुवाकोट शाखाबाट वर्तमान सचिव रामप्रसाद जोशी
१४. सचिव (महिला)मा रुपन्देही शाखाबाट वर्तमान प्रदेश सचिव मीना ढकाल
१५. सचिव (दलित)मा दाङ शाखाबाट वर्तमान सचिव निर्मल नेपाली
१६. सचिव (मधेसी)मा सुनसरी शाखाबाट शाखाका पूर्व सभापति सन्तोष कुमार रौनियार
१७. कोषाध्यक्ष पदमा काठमाण्डौ शाखाबाट वर्तमान केन्द्रीय सदस्य किरण ढकाल
१८. चार जना सदस्य (महिला)तर्फ
क. रुपन्देही शाखाबाट फूलमायाँ सुनार
ख. नुवाकोट शाखाबाट आजीवन सदस्य जानुकादेवी अधिकारी
ग. बारा शाखाबाट आजीवन सदस्य मिरादेवी अधिकारी घ. काठमाडौ शाखाबाट नम्रता खरेल
१९. सदस्य ६ जना (खुला)तर्फ
क. झापा शाखाबाट शाखाका पूर्व सभापति ज्ञानेन्द्र निरौला
ख. चितवन शाखाबाट आजीवन सदस्य विनोद अधिकारी
ग. दाङ शाखाबाट निवर्तमान सभापति तुलसीराम सुनार
घ. रुपन्देही शाखाबाट निवर्तमान सभापति धनपति खनाल (डि.पी)
ङ . नवलपुर शाखाबाट देवराज भट्टराई
च. सल्यान शाखाबाट आजीवन सदस्य दिल्लीप्रसाद जैसी दलित पन्चकन्या पुजनको सस्कृतिको शुरुआत गरि उनीहरूबाटै पच्चिसौ राश्टृय परिशद बैठकको शुभारभ गरेको छ । नेपाल मात्र नभएर दक्षिण एशियामै रहेको दमित दलित जनजाति उत्थानका लागि दलित समुदायका पनि समानुपातिक तरिकाले सबै उत्पीडित समुदायका कन्याहरूको सहभागिता गराइ कार्यक्रमको उद्घाटन गरि बिश्व समुदायलाई विभिन्न बहानामा गरिएको उत्पीडनलाई अन्त्य गर्न आह्वान गरि कार्यक्रम शुरु गरिएको थियो । बर्तमान केन्द्रीय सभापति गोबिन्द खनालको सभापतित्वमा भएको उद्घाटन समारोहमा कार्यक्रमको उद्घोषण आतिथ्य शाखाका सभापति गणेश न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख बक्ताको रुपमा शान्ति समाजका सस्थापक सभापति श्री कृष्ण पहाडीले गर्नुभएको थियो भने अथितिको रुपमा संविधानसभा सदस्य बिनोद पहाडी, नागरिक अगुवा कवि अर्जुन पराजुली, लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठक, देब करम कलवारी, बैजनाथ कलवार, खड्ग बस्नेत, नगर प्रमुख बिमला आचार्य, बर्दघाट शम्भुलाल श्रेष्ठ लगायत पार्टी सभापति/प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कबिहरू अर्जुन पराजुली र सुदेश सत्यालले आफ्नो जोड्दार प्रस्तुति दिनुभएको थियो । यस बर्षको उत्कृष्ट शाखाको रुपमा काठमाडौ शाखालाई चयन गरेको हुँदा प्रमाणपत्र सहित शाखाका सभापति भगवान पुडासैनीलाई सम्मान गरिएको थियो । २४ औं राश्टृय परिश्द बैठक सप्पन्न गरेकोमा कपिलवस्तु शाखालाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको थियो । समय आन्दोलन समेतका एजेन्डा लिएको शान्ति समाजले आउदो २ बर्षको आगामी कार्ययोजना र आर्थिक योजना पारित गरिएको थियो ।