चितवन जिल्ला अदालत वार एशोसिएसनको निर्वाचन आगामी माघ १३ गते हुने

Spread the love


चितवन जिल्ला वार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीका अनुसार जिल्ला वारको २ बर्षे कार्यकाल समाप्त भएको हुँदा आगामी २ वर्षको लागि १ जना अध्यक्ष सहित उपाध्यक्ष १ जना, सचिव १ जना, सअ – सचिव १ जना, कोषाध्यक्ष १ जना, महिला सदस्य १ जना खुल्ला सदस्य ७ जना र केन्द्रिय पार्षद् ९ जना गरी जम्मा २२ जनाको नयाँ कार्य समिति चयन गर्नको लागि निर्वाचन समितिमा सदस्यहरू अधिवक्ता धर्म वाग्ले, अधिवक्ता अनिल कुमार पौडेल सहित धर्मराज आचार्यको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको र सो निर्वाचन समितिले माघ १३ गते निर्वाचन कार्य तालिका अनुसार आफ्नो कर्तव्य पूरा गरी नयाँ कार्य समितिको घोषणा गर्ने गरी जिम्मा दिइएको समेत उहाँले बताउनुभयो । आगामी दुई वर्षे कार्यकालमा आइ पर्ने अदालत र वार बीचको आपसी सम्बन्ध बिस्तार तथा प्रगाढ गर्नको लागि, नयाँ तथा पुराना कानुन व्यवसायीहरुको व्यवसायीक हीतको संरक्षण र सम्बर्द्धनको लागि, वार र वेञ्च बीचमा आइ पर्ने हरेक प्रकारका उल्झनहरुलाई हटाई गरीब तथा असहायहरुका पक्षमा बहस तथा पैरवी व्यबस्थापनको लागि र वारमा आई पर्ने सबै किसिमका व्यवस्थापन मिलाउनको लागि वारका सम्पूर्ण सदस्यले अहम् भूमिका निर्वाह गरे पनि आधिकारीक काम कारोवार र त्यसको उचित तौर तरिकाबाट वार र यसको कार्यालय व्यवस्थापन गर्न पनि प्रजातान्त्रिक प्रणालीलाई अङ्गिकार गदै आवधिक निर्वाचन गरी वारको नियम अनुसार प्रत्येक दुई दुई वर्षमा निर्वाचन प्रकृया मार्फत नयाँ कार्य समितिको चयन गर्ने गरिन्छ ।
त्यसै अनुसार वारको निर्वाचन प्रकृयामा सहभागीता जनाउन एकातर्फ डि एल ए र अर्कातर्फ पि एल ए को समूहले आ – आफ्नो तर्फबाट निर्वाचन प्रकृयालाई अगाडि बढाउदै गएको देखिन्छ । माघ १३ गते चितवन जिल्ला वार एशोसिएसनको निर्वाचनको घोषणा भएसँङ्गै चितवनका कानुन व्यवसायीहरु बीच चुनावी सरगर्मि बढ्दै गएको देखिन्छ त्यसकै शिलसिलामा पौष २३ गते शनिवारका दिन डि एल ए का कानुन व्यवसायीहरुको भेलाले आगामी चितवन वारको निर्वाचनमा उमेदवारहरु बीचमा सर्वसम्मत रुपमा छनौट गर्ने कार्यलाई व्यवस्थित गर्न वा निर्वाचन परिचालन गर्न तथा आवश्यकता अनुसारको वार्ता सहित सहमति गर्नको लागि भेलाले दिएको जिम्मेवारीलाई मध्यनजर गर्दै आवश्यक पर्ने सबै काम गर्न गराउन सर्वाधिकार सम्पन्न समिति गठन गरेको कुरा डि एल ए चितवनका अध्यक्ष अधिवक्ता नन्दलाल महतोले सफल भविष्य प्रा. लि. का सह – सम्पादक पूर्ण चन्द्र चापागाईसँग बताउनु भयो । उक्त सर्वाधिकार सम्पन्न समितिको संयोजक डि एल ए चितवनका अध्यक्ष अधिवक्ता नन्दलाल महतो र सदस्यहरुमा बरिष्ठ अधिबक्ता माधव खनियाँ, वरिष्ठ अधिबक्ता भुपेन्द्र जङ्ग पौडेल, वरिष्ठ अधिवक्ता एक नारायण सापकोटा, अधिवक्ता कपिलमणि पौडेल, अधिवक्ता इन्दु कोइराला, अधिवक्ता राजेन्द्र सिल्वाल रहनुभएको छ ।
पौष २२ गते पि एल ए का अध्यक्ष अधिवक्ता राज कुमार श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले एक निर्वाचन परिचालन समिति गठन गरेको र पि एल ए ले सहमतिको ढोका सधैं खुल्ला राखिरहने समेतको कुरा बताउनु भयो । उक्त भेलाले गठन गरेको निर्वाचन परिचालन समितिमा पि एल ए का अध्यक्ष अधिवक्ता राज कुमार श्रेष्ठ संयोजक र सदस्यहरु अधिवक्ता जगन्नाथ भण्डारी, अधिवक्ता कमलराज पाठक, अधिवक्ता गोपिलाल देवकोटा, अधिवक्ता चुडामणि सापकोटा, अधिवक्ता गंगा कोइराला, अधिवक्ता लक्ष्मण अधिकारी, अधिवक्ता रामचन्द्र देवकोटा रहनुभएको निर्वाचन परिचालन समिति गठन गरेको कुरा समेत बताउनुभयो । यसै समिति मार्फत निर्वाचन सहमति वा निर्वाचन परिचालन लगायतका कामहरु गर्ने गरी समिति गठन गरिएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *