चलचित्र “अस्तित्वकाे लडाई” काे शुभ मुहुर्त सम्पन्न ;
सरिता फिल्म्स प्रोडक्सन प्रा.लिको प्रस्तुतीमा नेपाली कथानक चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभ-मुहर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको हो।
पूर्व गृहराज्यमन्त्री तथा प्रदेश सभा सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ-मुहूर्त कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेसकी वरिष्ठ सल्लाहकार तथा पूर्व प्रत्याशी सांसद उमा दाहाल , सांसद सन्तलाल चेपाङ्ग , नेपाल चेपाङ्ग संघ प्रदेशका अध्यक्ष खुशीलाल चेपाङ्ग , प्रदेशका सचिव लक्ष्मण चेपाङ्ग र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतका अतिथिहरु रहेका थिए ।
चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको तिहार पछिबाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास राज काफ्लेले बताए। मकवानपुर, चितवन र काठमाडौँमा छायाँकन हुने चलचित्र ‘अस्तित्वको लडाइ’ मा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन् ।
सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। गोविन्द्र गौतमको निर्देशन, महेश पौडेलको छायाँकन, रोशन श्रेष्ठको द्वन्द निर्देशन रहने छ। रामशरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्।