जोखिम क्षेत्रमा हेलिप्याड बनाइने।

Spread the love

लुम्बिनी प्रदेश सरकारले बिपताका घटनामा खोज तथा उद्धार कार्यलाइ सहज बनाउन जोखिम क्षेत्रमा हेलिप्याड बनाउने योजना अघि सारेको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा संचार मन्त्रालयले प्रदेश भरका बिपतका घटनाबारे विश्लेषण गर्दै जोखिम क्षेत्रमा हेलिप्याड निर्माण गर्ने योजना बनाएको हो।

मन्त्रालयका अनुसार विपत व्यवस्थापनका लागी यो सहित मुख्य मंत्री उद्द्वार राहत कोष स्थापना र संचालन गर्ने तयारी भैरहेको छ। त्यस्तै आपतकालीन कार्य संचालन केन्द्र स्थापना र प्रदेश भित्र एकीकृत जोखिम व्यवस्थापन केन्द्र स्थापना गरी पुर्व सचेतना प्रणाली जडान गर्ने योजना बनाइएको छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० को पुस सम्मको ६ महिनामा बिभिन्न विपतका घटनामा ४६१ जनाको मृत्यु हुनुका साथै १५० जना घाइते भएका छन्। विपत बाट १९६ वटा चौपायामा क्षती भएको छ । प्रदेशका १२ जिल्लामा ६ महिनाको अवधिमा अविरल वर्षाको कारण २२ जनाले ज्यान गुमाएका छन्। वर्षाका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी दाङमा छ, दाङमा नौ जनाको मृत्यु भएको बताइएको छ त्यस्तै प्युठानमा सात, बाकेमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गुल्मी, अर्घाखाची कपिलबस्तु र पाल्पामा एक/एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण १९ हजार १६७ वटा घर गोठ डुबानमा परेका छन्। बाढी र डुबानको कारण सबैभन्दा धेरै बर्दियामा एक हजार छ सय जना बिस्थापित भएका छन्। दाङ, बाके र कपिलबस्तुमा डुबानका कारण सयौ परिवार प्रभावित भएका हुन्।

मन्त्रालयका सचिव कोमलप्रसाद धमलाका अनुसार बाढी र डुबान बाट विस्थापित भएकालाई मन्त्रालयले तिन सय थान त्रिपाल,९० थान टेन्ट, म्याट २० थान, थ्रो ब्याग रस्सी पाच मिटर, ब्ल्यांकेट ३४ थान र डोरी वितरण गरेको थियो। मन्त्रालयले प्राकृतिक प्रकोपका घटना न्यूनीकरण गर्न ४६ जनाको विपत फोकल पर्सन मार्फत उद्दार, राहत तथा खोजतलास गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *