सामाजिक सुरक्षाकोषले स्वास्थ्य संस्था मार्फत मात्र स्वास्थ्य सुविधा प्रदान गर्ने
सामाजिक सुरक्षाकोषले स्वास्थ्य संस्था मार्फत मात्र स्वास्थ्य सुविधा प्रदान गर्ने बारेको सूचना निकाल्यो ।
सामाजिक सुरक्षाकोषको कार्यालय बबरमहल, काठमाण्डौंबाट निकालिएको उप कार्यकारी निर्देशक विवेक पन्थीद्वारा हस्ताक्षरित पौष २१ गतेको सूचनामा भनिएको छ कि सामाजिक सुरक्षाकोष स्वास्थ्य संस्था छनौट तथा योजनाको रकम भुक्तानी सम्बन्धी कार्यविधि २०७६ बमोजिम कोषबाट प्रदान गरिने स्वास्थ्य सुरक्षा योजना अन्तर्गतका सुविधाहरु अस्पताल मार्फत प्रदान गरिने व्यवस्था भएको हुँदा २०७९ फागुन १ गतेदेखि लागू हुने गरी तल लेखिएका स्थानमा हुने दुर्घटना बाहेक अन्य उपचार वापतको भुक्तानी सामाजिक सुरक्षा कोषसँग एम ओ यु भई कोषको प्रणालीसँग आबद्ध जारीरहेका अस्पतालबाट हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको भनी तोेकिएको क्षेत्रमा कोषमा आवद्ध बाहेक अन्य अस्पतालमा उपचार गराई बिल पेश गरेमा सो को भुक्तानी नहुने व्यहोरा समेतको सूचना प्रकाशित गरेको छ । अस्पतालको जानकारी समेत हेर्नको लागि वेवसाइट http://ssf.gov.np/pages/empaneled.hospital मा राखिए अनुसारको कोषसँग आबद्ध अस्पतालहरुको सूची अनुसार नै स्वास्थ्य सेवा लिन पर्ने गरी कोषको वेवसाइटमा दिइएका अस्पतालहरुमा उपचार गराई आ आफ्नो सेवा सुविधा लिन पनि भनिएको छ ।
१. झापाको विर्तामोड र सो को आसपासका क्षेत्रहरु
२. मोरङको विराटनगर, टंकीसिनुवारी, कटहरी र आसपासका क्षेत्रहरु
३. सुनसरीको ईटहरी उपमहानगरपालिका र आसपासका क्षेत्रहरु
४. सप्तरिको राजविरान र आसपासका क्षेत्रहरु
५. सर्लाहिको हरिवन र आसपासका क्षेत्रहरु
६. पर्साको बिरगञ्ज र आसपासका क्षेत्रहरु
७. बारको कलैया, जितपुर सिमरा र आसपासका क्षेत्रहरु
८. चितवनको भरतपुर र आसपासका क्षेत्रहरु
९. रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रहरु
१०. बाकेको कोहलपुर, नेपालगञ्ज र आसपासका क्षेत्रहरु
११. काभ्रेपलान्चोकको बनेपा, धुलिखेल र आसपासका क्षेत्रहरु
१२. काठमाण्डौं उपत्यका भित्रका काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला
१३. कास्कीको पोखरा,–लेखनाथ महानगर लगायत पोखरा आसपासका क्षेत्रहरु