आज पौष २२ गते शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रत सुरु हुदै।

Spread the love


श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले कठिन रुपमा यो वर्त लिने गर्दछन् त्यसमा पुरुषहरूको पनि त्यत्तिकै साथ र सहभागिता रहेको देखिन्छ । यो पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरी मनाइन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको व्रत बसेको र आपूmले सोचेको कुरा पूरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा पढी एक चित्त, एक भक्त भई, बिहान मध्यान्ह कालमा र साँझमा पूजा अर्चना गरी शिवजीको आराधना गरी एक महिनासम्म निराहार बसी शुद्ध रही माघ स्नान गरेमा आफ्ना सबै किसिमका मनोकामनाहरू सिद्ध हुन्छन् भन्ने विश्वासमा यो व्रत लिने गरेको कुरा स्थानीय पण्डित लक्ष्मी पराजुलीले बताउनु हुन्छ । विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि न’ष्ट हुने विश्वास गरिन्छ ।व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अप’मान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो ।पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अन’कन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ ।व्रतका प्रभा’वले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
हालका दिनहरूमा परम्परागत रुपमा मनाउँदै आएका चाडपर्वहरू लगायत पूजापाठ, दानधर्म, कर्मतर्फ सात्विक भई सत्य निष्ठामा बसी सबै किसिमका अध्यात्मिक सोचहरूलाई पूरा गर्ने खालका व्यवहारहरू समाजबाट कम हँुदै गएको त होइन भन्ने पनि जनमानसमा देखिदै आएको पाईन्छ । यस्तो हुनुमा हिन्दूधर्म वा अरु धर्महरूमा पनि आफ्नो धर्मको बारेमा बैज्ञाानिक अवधारणा के हुन् यस्ता कार्यहरू गर्न नसके वा नगरे के के फाइदा वा नोक्शान हुन सक्दछन् भन्ने कुरा समाजमा प्रमाणित रुपमा बुझाउन नसक्नु पनि हुन् भन्ने विश्वास गरेको देखिन्छ । आध्यात्मिक चिन्तनको कमि हँुदै गएको आजको समाजमा नैतिकताको खडेरी दिनप्रतिदिन बढ्दै गएको देख्न सकिन्छ यी यावत कुराहरूलाई चिर्न पनि समाजमा रहेका पण्डित लगायतका धर्म गुरुहरूको विशेष योगदान रहनु अनिवार्य जस्तै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *