चितवन काँग्रेसले मनायाे ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस।

Spread the love


-पुर्णचन्द्र चापागाइ। यही पुष १६ गते शनिवारका दिन जिल्ला समन्वय समितिको सभाहल भरतपुर – १० मा बिहान ११ः३० बजेबाट शुरु भएको विचार गोष्ठि एवम् सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य माननीय अर्जुन नरसिंह के. सी. प्रमुख अतिथि, रहनुभएको थियो भने राष्ट्रिय योजना आयागका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले विशेष अतिथि रहनुभएको थियो । नेपाली काङ्ग्रेस चितवन आयोेजक रहेको उक्त कार्यक्रमा सभापति चितवन काङ्ग्रेसका सभापति राजेश्वर खनाल हुनुहुन्थ्यो उक्त कार्यक्रम सञ्चालन नेपाली काङ्ग्रेस चितवनका सचिवले गर्नुभएको थियो भने बक्ताहरूमा नेपाली काङ्ग्रस केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ, अञ्जनी श्रेष्ठ, रामकृष्ण अधिकारी लगायतका नेताहरू हुनुहुन्थ्यो ।
उक्त गोष्ठिको उदेश्य सहित कार्यव्रmमको बारेमा विस्तृृत जानाकारी दिनु हँुदै डा. स्वर्णिम वाग्लेले भन्नुभयो वि. पि. कोइराला आफ्नो समयका दूरदर्शि नेता हुनुहन्थ्यो उहाँको सोचले आर्थिक समृद्धि, समाजबाद, राष्ट्रियता र प्रजातन्त्रको बारेमा विभिन्न लेख तथा कृति मार्फत पनि प्रकाश पार्नुभएको थियो भन्नुभयो । साथै प्रजातन्त्र बलियो बनाउन आन्तरिक स्वच्छ प्रतिस्पर्धा अनिवार्य रहेको अहिलेको अबस्थाको अस्वस्थ प्रतिस्पर्धा र देशको आर्थिक अबस्था देख्दा रुन मन लाग्ने अबस्था रहेको बारे पनि सबै नेपाली तथा चितवनबासी दाजुदाइ दिदी बहिनी सचेत रहनु पर्ने र सोही अनुसारको खरबदारी नागरिक तथा तल्लो तहबाट हुनु पर्ने खाँचो रहेको समेत औल्याउनु भयो ।
त्यस्तै प्रमुख वक्ताको रुपमा रहनु भएका अर्का बक्ता नेपाली काङ्ग्रेस केन्द्रिय समिति सदस्य तथा माननीय अर्जुन नरसिंह के. सी. ले भन्नुभयो कि हुकुमी शैलीले पार्टी चलाउन खोजे रुटका कार्यकर्ताको मनोबल गिर्दै जाने अन्ततः पार्टीलाई नै धरासायी बनाउने काम हुन जाने हुँदा वि. पि. कोइरालाले देखाउनु भएको बाटो हिड्दै हरेक काम उचित प्रकृया अपनाएर बाद, सम्बाद र प्रतिवादबाट निस्कने हरेक निष्कर्षबाट अघि बढ्ने प्रचलन रहेमात्र प्रजातान्त्रिक प्रकृयाको पालना हुने अन्ततः पार्टी पङ्ति बलियो हुदै जाने र सम्रग्रमा प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको सवाल मजबुत हुन सकेमात्र देशको आर्थिक समृद्धिले हरेक क्षेत्र बलियो हुन सक्नेतर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।
हालको अवस्थामा पार्टीको निर्णायक निर्वाचित पदाधिकारी र सदस्यहरू नरहेर केही सिमित व्यक्तिहरूले आ आफ्नो मनोमानी शैलीले पाटीलाई अगाडि बढाउने चेस्टा गर्दै गर्दा गठबन्धनको रेखाङ्कन र निर्णयदेखि उमेदवार चयनसम्म र सरकार निर्माणका लागि आवश्यक पर्ने तयारी र सर सल्लाहसम्म सही समयमा सही तरिकाबाट हुन नसक्दा पार्टीलाई सोचेभन्दा धेरै नोक्शानी बेहोर्नु पर्ने अबस्थामा आएको समेतमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *