अतिक्रमणले ल्यायो गम्भीर असर।
-हेमराज बस्याल तराई मधेश क्षेत्रको जीवनरेखा मानिएको, चुरे क्षेत्रको विनाश तीव्र बन्दै गएको छ। यसको असर चुरे र तराई मधेशमा मात्र नभई नेपाल र आसपासका अन्य क्षेत्रमा पनि पर्दैछ ।
विश्वव्यापी रूपमा वन पैदावारको स्थितिलाई नियाल्ने ‘ग्लोबल फरेस्ट वाचमा नेपालमा वन पैदावारको स्थितिबारे अनलाइन अध्ययन तथा अनुसन्धान गर्दा मध्य तथा पूर्वी मधेशका आठ जिल्लामा पछिल्लो केही दशकमा वन फडानी र अतिक्रमण तीव्र रूपमा भएको देखिन्छ ।
मधेश प्रदेश वन निर्देशनालयको तथ्याङ्कमा समेत पूर्वी तथा मध्य मधेशका रौतहट, सिरहा र धनुषामा अतिक्रमित वनको क्षेत्रफल बढी देखिन्छ । यो अतिक्रमण चुरे क्षेत्रका आसपासका मात्र नभई अन्य जिल्लाबाट पनि आएर बसेको अवैध बस्तीबाट भएको छ । धनुषा जिल्लाको सेलार खोलाको दायाँबायाँका बस्तीको अध्ययनले मात्र पनि त्यसलाई उजागर गर्दछ।
वन विनाश र बस्ती
जिल्ला वन कार्यालय धनुषाका अनुसार उदयपुर, सिन्धुली, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखालगायतका जिल्लाका विभिन्न भागबाट मानिस आएर सेलार खोलाको दायाँबायाँ बस्ती बसाएका हुन् । उनीहरूले करिब पाँचदेखि दस कट्ठा (०.१६-०.३३ हेक्टर) जग्गामा खेतबारी र घर घडेरी बनाएर खेती गरेरै जीविकोपार्जन गर्छन् । चुरे पहाडको शिरमै समथर भू-भाग खनजोत गरिएका छन्। उनीहरू वैधानिक रूपमा त्यहीँका बासिन्दा स्थायी बासिन्दा भएका छन्।
गत वैशास्त्र ३० गते सम्पन्न स्थानीय निर्वाचनमा चिसापानी बजार पुगेर मतदान गरेका २० वर्षीय जय
जनकपुरका प्रमुख भग्लु मण्डलले अतिक्रमणमुक्त गराउन ठूलै प्रहरी बल आवश्यक भएकाले सो क्षेत्रको संरक्षण हुन नसकेको स्वीकार गर्नुभयो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलका अनुसार करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेकाले चुरे शृङ्खलाले वयस्क पहाडझैँ चट्टानको रूप लिइसकेको छैन । बनोट कमलो भएकाले भूक्षय हुने जोखिम बढी छ ।
सेलार खोलामा एकदेखि पाँच कक्षाका बालबालिकाका लागि एउटै छाप्रोमा खाँबोले छुट् याइएका कक्षाकोठासहितको जनसेवा प्राथमिक विद्यालयसमेत सञ्चालनमा छ । २०७३ मा स्थापित उक्त निजी रहेको स्थानीय शरद तामाङले धनुषाकै चिसापानी, मैनाबत्तीलगायतमा सङ्गठित रूपमै वन अतिक्रमण गरी बसोबास गर्नेको सङ्ख्या बढी छ । वन ऐन, २०७६ को दफा १२ ले रुख भएको कुनै पनि वन क्षेत्र बसोबास वा पुनर्बासका लागि प्रयोग नगरिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाविरुद्ध बसोबास, पुनर्बास वा जग्गा जोत्ने, खन्ने, चौपाया प्रवेश गराएमा कसुर ठहरिने र कसुरको मात्रा हेरेर कारबाही गरिने ऐनमा उल्लेख छ । चुरे क्षेत्रको अधिकांश भू-भाग वन अन्तर्गत पर्छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले गत वर्ष गरेको एक शोधअनुसार मधेश प्रदेशका आठ जिल्लास्थित चुरेको भीरमा मात्रै १३ हजार ७७४ घरधुरी बसेका छन्। समितिले गत वर्ष गरेको ‘चुरे क्षेत्रमा वन अतिक्रमणको अवस्था’ शीर्षकको शोधमा उक्त तथ्याङ्क दस वर्षअघि अतिक्रमणमुक्त गरिएको तीनतलेमाथिको चुरे क्षेत्र हराभरा छ। ग्लोबल फरेस्ट वाच’का अनुसार सेलार खोला (चिसापानी बजारबाट १३ किलोमिटर उत्तर-पश्चिम) र तीनतले बस्तीदेखि १६ किलोमिटर उत्तर-पूर्वमा अधिकतम फडानी भने सन् २००४ देखि २०१४ को अवधिमा भएको देखाउँछ।
मधेश प्रदेशको प्रदेश वन निर्देशनालयका अधिकृत सुरेशप्रसाद शर्माले तीनतलेमा नेपाली सेनाको ब्यारेक रहेकाले मुक्त गरिएको क्षेत्रमा पुनः अतिक्रमण नभएको बताउनुभयो । यद्यपि फडानी भएको क्षेत्र त्यत्तिकै खाली रहेको देखिन्छ ।
सेलार खोला भने फेरि अतिक्रमणको चपेटामा पर्यो । त्यसयता अतिक्रमणमुक्त बनाउने प्रयास भएको छैन । प्रदेश वन निर्देशनालयका अनुसार सबैभन्दा
यादवका अनुसार २०६० को दशकमा कमला नदीको बहाव परिवर्तन हुँदा एक हजार बिघा (२५० हेक्टर) मन्दा बढी नम्बरी जग्गा बगरमा परिणत भयो ।
सो जग्गामा धान र गहुँ खेती हुँदै आएको थियो। उहाँका अनुसार ती क्षेत्र बगरमा परिणत हुनुअघि एक वर्षमा मात्रै करिब तीन हजार दुई सय मेट्रिक टन धान उत्पादन हुन्थ्यो । उक्त उत्पादनले एक लाख व्यक्तिलाई दुई महिनासम्मको छाक टार्न सकिन्थ्यो
केही वर्ष अघिसम्म तरबुजा, काँक्रालगायतका -फलफूल र तरकारी खेती हुँदै आएको उक्त बगर हाल बाँझै छोडिन्छ प्रमुख यादवले भन्नुभयो, “खेती गर्ने जति वैदेशिक रोजगारीमा छन्, श्रमिक पाइएको छैन ।”
मधेश प्रदेशको कृषि निर्देशनालयका बाली संरक्षण अधिकृत जयनारायण मण्डल उत्पादनमा ह्रास आउनुका विविध कारण रहेको बताउनुहुन्छ उहाँका अनुसार तापक्रम वृद्धि बाली उत्पादनसँग प्रत्यक्ष जोडिन्छ। मण्डल भन्नुहुन्छ, “तापक्रम वृद्धि भएमा बालीमा रोगको प्रकोप बढ्छ, प्रकोप बढेपछि बाली फस्टाउन सक्दैन र उत्पादनमा ह्रास आउँछ ।”
बढ्दै तापक्रम: जल तथा मौसम विज्ञान विभागबाट प्राप्त विवरणअनुसार धान उत्पादन हुने साउनदेखि कात्तिकसम्मको ५० वर्षको जनकपुरधाम विमानस्थलको अधिकतम तापक्रम बिस्तारै बढ्दो क्रममा देखिन्छ । साल २०२९ यता हिउँदमा पानी पर्ने क्रम बिस्तारै कम भएको तथ्याङ्कले जनाउँछ ।
तर मौसमविद् डा. इन्दिरा कँडेल अहिले नै जलवायु परिवर्तनका कारणले वर्षा र तापक्रममा हेरफेर आएकी पुष्टि गर्न नसकिने बताउनुहुन्छ । “तापक्रमको अनुपातको भिन्नता दशमलव पाँचभन्दा माथि रहेको अवस्थामा मात्रै परिवर्तन भएको मानिन्छ, उहाँ भन्नुहुन्छ, “अहिलेसम्मको मापन हेर्दा स्पष्ट किटान गर्न नसकिए पनि आगामी दशकमा सोको अनुपात बढ्न सक्छ।” धान खेती हुने असारदेखि कात्तिकसम्मको तापक्रमको विश्लेषण गर्दा पछिल्लो पाँच दशकमा विस्तारै वृद्धि हुँदै गएको समेत देखिन्छ ।