बाग्लुङ्गमा गयो शक्तिशाली भुकम्प।
आज गएको राती तीन पटक भूकम्पको धक्का क्षतिको बिबरण आइनपुगेको खबर
राश्टृय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर, काठमाडौका अनुसार आज १३ पुष २०७९ का दिन बिहानै ०१:२३ बजे ४.७ म्याग्नीच्युडको अधिकारीचौर बाग्लुङ केन्द्र बनाएर, ०२:०७ बजे ५.३ म्याग्नेच्युडको खुम्बा बाग्लुङ केन्द्र बनाएर र ०३:२८ बजे ४.० म्याग्नेच्युडको भूकम्प अधिकारी चौर बाग्लुङ्गको केन्द्र बनाएर कम्पन भएको कुरा बताइएको छ । राश्टृय भूकम्प मापन केन्द्र र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सम्पर्क गरि बुझ्दा अहिलेसम्म कुनै किसिमको क्षतिको विवरण आइ नपुगेको जानकारी प्राप्तभएको छ ।
संघीयप्रजातान्त्रीक गणतन्त्रात्मक नेपाल बिश्वको एक सकृय महाद्विपीय टक्कर क्षेत्र हिममा भूकम्पको सम्भावना धेरै रहदै आएको कुरा भूकम्प मापन केन्द्रले बताउदै आएकोछ । हिमालयन आर्क क्षेत्रभित्र भएका बिनाशकारी भूकम्पका रेकर्डहरू हेर्दा सन १९३४ को बिहार – नेपाल भूकम्प र सन् २०१५ (२०७२) को गोरखा भूकम्प एम एल ७.६ (मेघावाट ७.६) नेपाक्को हिमालयनमा गएको थियो। २०७२ सालको भूकम्पको पराकम्पको रुपमा बारम्बार कम्पन भइरहेको कुरा भूकम्प मापन केन्द्रले बताएको छ । नेपाल भूकम्पको अत्याधिक जोखिमको क्षेत्रभित्र पर्ने हुँदा नेपालमा भूकम्पमा वचन सक्ने खाल प्रबिधिहरूको बिकास, भूकम्पपूर्बका आबश्यक कदमहरू र भूकम्पपछि स्पर्धा कामहरूको निर्धारण गर्नुपर्ने हुन्छ ।