खैरहनी माध्यमिक विद्यालय माडी – ४ ले मनायो ५४ औं बार्शिकउत्सव

Spread the love


खैरहनी माध्यमिक विद्यालय माडी नगरपालिका वडा नम्बर ४ बिरन्चिमा ५४ औं बार्शिक उत्सव भब्यताका साथ मनाएको छ । उक्त कार्यक्रममा बोल्दै चितवन ३(ख) का प्रदेशसभा सदस्य माननीय साम्सद श्री ठाकुर प्रसाद ढकालले शिक्षालाई आधुनिक तरिकाले अगाडि बढाउनु पर्ने र प्राबिधिक तथा बैज्ञानिक प्रणालीमा चलाउनुपर्ने भन्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक श्री सन्तोष दाहालले सफल भबिस्य प्रा. लि. द्वारा संचालित चिरफार खबर अनलाइन पत्रीकाका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईंसङ्ग कुरा गर्दै भन्नुभयो हालका दिनहरूमा विद्यालय ब्यबस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक,पूर्ब बिद्यार्थीहरू र जनप्रतिनिधिहरू समेतको पहलमा सकेसम्म ब्यबहारिक र बैज्ञानिक शिक्षामा जोड दिदै गएको सबै क्षेत्रबाट साथ र सहयोग समेत मिलिरहेको बताउनुभयो ।
उक्त बार्शिक उत्सवमा विद्यार्थीहरूका नयाँ नयाँ सीप र अनुसन्धानको प्रयोग गर्नकै जमर्को पनि गरिएको थियो । सोही समयमा पूर्ब ब्यबस्थापन समिति, पूर्ब विद्यार्थी, अक्षयकोषदाता, शिक्षक, जनप्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा सभापतिको रुपमा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुबास तिवारी, कार्यक्रममा अथितिको रुपमा प्रदेश सभा चितवन ३(ख) का माननीय साम्सद ठाकुर प्रसाद ढकाल, माडी नगरपालिका उपमेयर खेम महतो, माडी – ४ का वडा सदस्य श्री माधव चापागाईं, नेपाली काङ्ग्रेस चितवन ३(ख) का सभापति शोभाखर चापागाईं, पूर्ब ब्यबस्थापन समिती अध्यक्ष कोमलनाथ भुसाल, भोजराज चापागाईं, विद्यालयका प्रधानाध्यापक श्री कुलानन्द भुसाल लगायतका हुनुहुन्थ्यो । ५४ औं बार्शिक उत्सवको तयारीका लागि ११ वटा उप समिति तयार गरिएको थियो जसमा पत्राचार उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, प्रबेशद्वार स्वागत उपसमिति, सास्कृतिक उपसमिति, मन्छ ब्यबस्थापन उपसमिति, पुरस्कार ब्यबस्थापन उपसमिति, प्रतिबेदन लेखन उपसमिति, निरीक्षण तथा अनुगमन उपसमिति, अथिती सत्कार उपसमिति, खेलकुद तथा मार्चपास उपसमिति, बिज्ञान प्रर्दशनी उपसमिति, जलपान ब्यबस्थापन उपसमितिबाट कामको बाडफाड गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *