समाचार

बाइपास रोड धुलाम्मै जनता आक्राेसित

Spread the love

बाइपास रोडको निर्माण गर्ने कुनै निकाय नभएको जस्तो, एक स्थानीयले चिन्तित हुदै बताउनु भयो । यो मात्र चितवनको बाइपास रोडको समस्या होइन समस्त देशवासी हरुले बिगत देखि भोग्दै आएको समस्या हो । चितवन भरतपुर बाइपास रोडको बाटो निर्माणाधीन अवस्थामा बिचमै छाडी अलपत्र पारेर ठेकेदार पक्ष बसेको छ लाग्छ कि अनुगमन गर्ने कुनै निकाय नै छैन. लाखौ भत्ता पचाएर बसेका सडक बिभाग के हेदै छ ? यो प्रश्न ब्यापक जनामानासमा देखिएको प्रश्न हो भन्दा फरक नपर्ला । महिनौ देखि फुटपाथमा खाल्डो बनाइ त्यसै छाडिएको , सडक बिगारेर धुलाम्मे भइ वरपरको जनजीवन प्रभावित हुनुको साथै हजारौ यात्रुहरु पनि मर्कामा परेको ब्यापक जनगुनासो आउन थालेको छ । यसले त्यस बाटो हुदै आवत जावत गर्ने यात्रुहरुमा गम्भीर प्रकारको स्वास्थ्य समस्या देखा नपर्ला भन्न सकिन्न र कतिपयमा त् देखिन पनि थालेको छ तर सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ देश बिकासका लाखौ सपना देखाएर जाबो सानो तिनो काम पनि गर्न नसक्ने स्थानीय सरकार प्रति धेरैको प्रति प्रश्न पनि रहेको छ जनता आक्रोशित हुन थालेका छन् । समबन्धित निकायले समयमै दृष्टिगत गरी निर्माण पुरा गरुन भन्ने ध्यानकार्षण गराउन भरतपुर महानगरपालिका जाने स्थानीयको भनाइ छ । यस बिषयमा जानकारी माग्दा बाइपास रोडको धुलाम्मे सडक यथासिघ्र बनाउन ठेकेदारलाई निर्देशन दिई सकेको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *