सिर्जनशील टोल बिकास सस्था भरतपुर महानगरपालिका वडा नम्बर ५ को तोरीखेतले पौष ९ गते मनाएको सातौं साधारणसभामा प्रमुख अतिथिको रुपमा वडा नम्बर ५ का वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठ, कार्यक्रम सभापति सस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्य, बिशिस्ट अतिथि वडानम्बर ५ का वडा सदस्य बिशाल बाबू तिमिल्सिना, अतिथिहरूमा टोलका सल्लाहकार कुमार गिरी, हरि शरण पौडेल, बृश बहादुर अधिकारी, बिजयराज आचार्य, स्याण्डविछ होम सोलुसन प्रा. लि. का प्रबन्धक पूर्ण चन्द्र चापागाईं हुनुहुन्थ्यो । सस्थाका कोशाध्यक्ष कमला पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाका अध्यक्ष नेत्र नारायण आचार्यले सचीवको तर्फबाट प्रगति प्रतिबेदन र आगामी बर्षको कार्ययोजना समेत राख्नु भएको थियो ।
वडा सदस्यीय बिशिस्ट अतिथिले यो टोल वडा नम्बर ५ मा नमूना टोलको रुपमा देखिएको, यसका कार्यक्रम प्रसम्सायोग्य रहेका भन्दै स्रहाना गर्नुभएको थियो भने भरतपुर महानगरपालिकाका वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठले यो टोल नाम जस्तै सृजनशील रहेकोे फोहोर ब्यबस्थापनबाट मोहोर बनाउन सकिने, वडाकोतर्फबाट पूरै सहयोग रहने कुरा समेत बताउनुभयो । सडक बत्ति, पानी, स्वास्थ्य, शिक्षा लगायतका सबै क्षेत्रमा महानगर तथा वडा सधैं तपाइहरूको साथमा रहनेछ भन्नुभएको थियो । बिग्रेका बत्ति लगायत सामान्य खर्चमा बनाएर प्रयोग गर्न सकिने समेत विभिन्न कार्यक्रमहरू चलाएर आफ्नो उर्जा देखाएकोछ यस्तै गरेर अगाडि बढ्दै जाओस् भनी कामना समेत गर्नुभयो ।
सस्थाका सभापतिले टोल सदस्यहरूले सरसफाइ लगायतका काममा साथ दिएमा सबै काम सजिलोसँग अगाडि बढाउन सकिने र यदि नियम अनुसारको सहभागिता नभएमा जरिवाना गर्न सक्ने कुरा समेत बताउनुभएको थियो ।