यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ।

Spread the love

५ पुस २०७९
भरतपुर चितवनको अरोमा कलेज भरतपुरमा अध्ययनरत विद्यार्थीमाथि बाल यौन दुव्र्यबहार गरेको आरोपमा कलेजका शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ। कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले आफूहरुलाई यौन दुव्र्यबहार गर्ने गरेको भन्दै कलेज भित्र विद्यार्थीले मंगलबार नाराजुलुस गरेका छन्।

उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन्। आरोपीत शिक्षक गिरफ्तार भएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। यस्ता खालका घटना पटक/पटक दोहोरिनु दुःखद् रहेको र मानव अधिकार तथा शान्ति समाज चितवनको ध्यानाकर्षण भएको समाजका सभापति शम्भु राउतले जानकारी दिनु भयो।
भरतपुर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *