राष्ट्रपति द्वारा नया सरकार गठनका लागि आह्वान।

Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि एक साताभित्र दावी पेस गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न पुस १० गते साँझ ५ बजेसम्मको समय दिनुभएको हो।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । राष्ट्रपतिसमक्ष निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९ मङ्सिर २९ मा पेस हुन आएकाले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको प्रवक्ता आचार्यले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कुनै दलको एकल बहुमत नआएकाले अब दुई वा दुईभन्दा बढी राजनीतिक दलले बहुमत दाबी गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी सरकार आफ्नै पार्टीको नेतृत्वमा गठन गर्नका लागि गठबन्धनमा रहेकासहित अन्य दलहरूसँग संवाद प्रारम्भ गर्ने निर्णय गरेको छ ।कांग्रेस पार्टी कार्यालय सानेपामा आइतबार सम्पन्न बैठकले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलका हैसियतले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक हुने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *