के सिजिआर गार्डेन रिसोर्ट खुल्ला त?

Spread the love

मंसीर २९ भरतपुर, चितवन

मंसीर २३, २४, २५ गते भरतपुरको सिजिआर गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरू बिरामी भएर स्थानीय मेडिकलहरूमा तथा नेशनल सिटी अस्पतालमा भर्ना तथा उपचार गराइरहेका छन् भने आज विहानसम्मको रेकर्डमा हेर्दा ओ. पि. डि मा ७० जना, इमरजेन्सीमा १८ जना उपचारको लागि आउनु भएकोमा ३५ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहनु भएकोमा ८ जना अस्पतालमा नै हुनुहुन्छ भने बाँकी सबै उपचारपछि आ – आफ्नो घरतर्फ गइसक्नुभएको छ । आज बिहान नेशनल सिटी अस्पतालमा बिरामीहरूसँग भेटघाटमा भर्ना भइ हालसम्म उपचाररत ८ जना रहेको कुरा उहाँले सफल भविष्य प्रा.लि.द्वारा सञ्चालित चिरफार खबर अनलाईन पत्रिकाका सह सम्पादक श्री पूर्ण चन्द्र चापागाईलाई बताउनु भयो । उहाँले थप्नुभयो हाम्रै क्षेत्रको सांसद रवि लामिछानेले व्यबसायीको पिडा बुझ्न सक्नु भएन हाम्रा ६० जना कर्मचारीहरू भोकै हुने गरी होटल व्यबस्थापनको किचन पनि बन्द गराइदिनु भयो । हाम्रो कमीजोरी स्वीकार गरेकै थियौं होटेल बन्द गर्नुस् भनेर मौखिक जानाकारी गराउनु भएको भए मात्रै पनि गर्ने थियौं मिडियाबाजी अलि बढी भयो कि जस्तो लागेको छ । कानुनी राज्यमा कानुनले तोकेको प्रकृया मान्न हामी तयार नै छौं केही कुरा व्यबसायीको पक्षमा पनि भइदिएको भए राम्रो हुन्थ्यो कि भन्नुभयो ।
त्यसै गरी गैडाकोट – ६ निवासी विरामी तथा पिडीत कमला सापकोटा भन्नुहुन्छ २३ गते बेलुकाबाट बिरामी परेकी हुँ ३ दिन गैडाकोट काङ्ग्रेस चोककै नेपाल फर्मामा उपचार गराएँ त्यहाँबाट भरतपुर जानु भनेपछि २६ गतेबाट नेशनल सिटी अस्पतालमा उपचार गराई रहेकी छु, गैंडाकोटमा भएको उपचारको खर्च म आफैंले व्यहोरेकी छु नेशनल सिटी अस्पतालको खर्च सि जि आर ले दिएको छ खानाको खर्च दिएको छैन । अर्की विरामी गैडाकोट – ५ की विमला गैरे भन्नुहुन्छ आज ४ दिन भयो विरामी भएको लक्षण सबैको उस्तै उस्तै नै हो । उपचार सि जि आर ले नै गरेको छ, हामी भन्छौं व्यवसाय चलाउनुस् तर मानवको जिन्दगीलाई व्यबसाय नबनाउनुस् । नेशनल सिटी अस्पतालकी रिसेप्सनीस्ट भन्नुहुन्छ हाम्रै स्टाफ अस्पतालको स्टाफनर्सको विहे भएको हुँदा धेरै जसो स्टाफ गएका थियौं १० जना स्टाफ बिहेको भोजको कारण विरामी हुनुहुन्छ म पनि ६ दिन विरामी भएर आज मात्र काममा आएकी हँु । मंसीर २४ गतेको विबाह भोजमा गएका मध्ये २०, २५ जना विरामी भएका तर अस्पतालमा भर्ना नभइ मेडिकलमा उपचार गराइरहेको कुरा २४ गतेको भोजमा सहभागी भरतपुर – ३ आनन्द मार्ग निवासी दिनेश लामिछानेले बताउनुभयो । उहाँ भन्नुहुन्छ म त ३, ४ दिन सुते औषधि खाएँ मेरो श्रीमतीलाई अझैं सञ्चो भएको छैन, मेरो टोल गाउँमा मात्रै १५, २० जना भोजकै कारण विरामी छन् ।

फरक बिषयमा कुरा गर्दै भि आइ पि का साथमा आएका ड्राइभर वा सहयोगीहरूलाई सिजिआरका व्यवस्थापकहरूले राम्रो व्यवहार नगर्ने गरेकोविषयमा सिजिआर रिसोर्टका निर्देशक जनार्दन रिजाललाई कुरा राख्दा हस्पिटालिटी क्षेत्रमा व्यवहार, शिष्टाचार राम्रो नभए पाहुनाको राम्रो स्वागत गर्न नसके पुःन सोही ठाउँमा पाहुनाको आगमन घट्दै जाने हुँदा त्यस्तो भएको भए क्षमा चाहान्छु जो कोहीले पनि त्यस्तो गरेकोमा अनुसन्धान गरी कारवाहीको लागि अगाडि बढाउछु भन्नुभयो । त्यसै सन्दर्भमा करिब ४० करोडको लगानीमा ३९ जना सेयर सदस्यहरूबाट ३ बर्ष अघिदेखि चितवनको एक उत्कृष्ट रिसोर्टको रुपमा चिनारी बनाएको यस रिसोर्टमा ६० जना स्टाफ सहितको व्यबस्थापनमा चितवनलाई केही दिन सकिन्छ कि भन्ने सोचेर अगाडि बढेका थियौं तर परिस्थिति सधैं अनुकूल हुँदो रहेनछ भन्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको नेतृत्वमा मंगलवार अनुगमन गरी म्याद गुज्रिएका समानहरूलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले प्रारम्भिक रिपोर्टमा केही समान म्याद गुज्रिएको र सरसफाइृमा उचित ध्यान दिन नसकेको भनी जानाकारी गराउनु भएको हो । केही खाद्य सामग्रीको म्याद गुज्रिसकेको पायौँ, सरसफाइ पनि सन्तोषजनक पाएनौँ’, उनले भने, ‘सलाद सफा गर्ने तरिका पनि ठीक रहेनछ । फ्रुट एण्ड भेजिटेबल वास गर्ने एक किसिमको केमिकल हुन्छ, त्यस्तो दुईवटा बोतल म्याद गुज्रिएको फेला परेको छ ।’ केमिकल हुन्छ, त्यस्तो दुईवटा बोतल म्याद गुज्रिएको फेला परेको छ ।’ पिनट बटर एक प्याकेट, रसबरी दुई किलो र टोमाटो सस पाँच प्याकेट म्याद गुज्रिएको फेला परेको उनले जानकारी दिए । ‘खानाको पनि ल्याब टेस्ट गर्न पाएको भए त्यसमा भएको ब्याक्टेरिया भेटिन्थ्यो होला, तर हामीले ढिलो गरी थाहा पायौँ’, उनले भने, ‘अस्पतालले दिने रिपोर्टबाट धेरै कुरा खुल्न सक्छ, त्यसको रिपोर्ट आउन बाँकी छ भनी अधिकारीले बताउनु भएको हो । हिजो मात्र जिल्ला प्रशासन कार्यालयमा सि जि आर प्रशासन पिडित पक्ष र प्रशानबीचमा छलफल राखिएकोमा ल्याब रिपोर्ट आएपछि पुःन छलफल गर्ने कुरा तय भएको हो । प्रदूषित खाना वा पानी खाएमा त्यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरुले खाना विषाक्त हुन्छ । प्रदूषित खाना र पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने र पखाला लाग्नेजस्ता समस्याहरु देखिन सक्छ । गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गते सिजिआरमा बिहे भएको थियो । बिहे भोज खाएका दुलाहा र दुलहीसहित करिब ८८ जना बिरामी भएर उपचारका लागि अस्पताल पुगेका हुन् । २३ गतेको विबाहभोजमा सहभागी ५१८ जना, २४ गते र २५ गते को भोजमा सहभागीहरूमा समेत ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्ने, पखाला लाग्नेजस्ता समस्या देखिएपछि मंसिर २४ गतेदेखि नेसनल सिटी हस्पिटल भर्ना भएका हुन् । बिहे भोज खाएर बिरामी भएकाले आफूहरुको उपचार खर्च सिजिआरले व्यहोर्नुपर्ने बिरामीले बताएका छन् । रेनु र रवि पनि पुगे सिजिआर सिजिआरमा बिहे भोज खाएकाहरु बिरामी भएको खबर पाएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले पनि मंगलबार होटलको अनुगमन गरेका छन् । उनीहरुले होटलको किचनलगायतका स्थानको निरीक्षण गरेका थिए । सिजिआरकै कारण बिहे भोज खाएकाहरु बिरामी भएको पुष्टि भए सिजिआरलाई कारबाही गर्ने दाहालले बताएकी छन् । मंगलबार साँझ चितवन–२ बाट निर्वाचित सांसद् रवि लामिछाने पनि होटलको अनुगमनमा पुगेका थिए । अस्पतालमा उपचाररत बिरामीलाई भेटेपछि रवि होटल निरीक्षणका लागि पुगेका हुन् । होटल पुगेर उनले होटलले खुवाएको खानेकुरा र सरसफाइको विषयमा जानकारी लिएका लिए । सिजिआरको दुई वटा किचन शिल सांसद् रवि लामिछाने, सहायक सिडियो चिरञ्जीवी शर्मा, खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीलगायतको अनगमनपश्चात सिजिआरका दुई किचन शिल गरिएको छ । बिहे भोज खाएर बिरामी भएका माधवप्रसाद पौडेलले मानवजीवनमा खेलबाड गर्ने सिजिआरलाई कारबाही गर्नुपर्ने बताए । ‘मानवजीवनमा सिजिआरबाट भएको लापर्बाहीको घोर निन्दा र भत्र्सना छ । सिजिआरलाई आवश्यक कारबाहीको माग गर्दछु’, उनले भने । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसालले बिरामीलाई सिजिआरले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।
बिरामी हरुमा दीर्घकालीन समस्या हुनसक्ने भन्दै बिरामी हरुले चिन्ता व्यक्त गरेको छन भने यता प्रशासनले होटेल सि जि आर मा अनिश्चित कालिन सिल बन्दी गरि अनुसन्धान गर्दै छ। चितवनमा रहेको प्रत्येक होटेलहरुको अनुगमन र निरीक्षण गर्न पर्ने जनआवाज उठेको छ । यस्ता घटना घटे मात्र प्रशासनको ध्यान गएको देखिन्छ । केही बर्ष अधि मात्र कृष्णपुरमा रहेको स्वाद सदन पार्टी प्यालेसमा पनि यस्तै घटना भएको थियो।त्यस घटनालाई पाठको रूपमा लिएर यस्ता घटना नदोहोर्याउन पर्नेमा यस्ता घटना पटक रपटक दोहोरिनु दुस्खद छ। यस घटनालाइ मानव अधिकार तथा शान्ती समाज चितवनको ध्यानाकर्षण भएको समाजका सभापति शम्भु राउतले जनाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *