चितवन अटोमोवाइल्स एशोसिएसकाे २१ओैं साधरणसभा २०७९ मंसिर २४ सम्पन्न
संस्थाको अध्यक्ष श्री कृष्ण प्रसाद भण्डारी ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय संस्था नाडा अटोमोवाइल्स अफ नेपालका अध्यक्ष श्री ध्रुव बहादुर थापाज्यूको प्रमुख आतिथ्यमा साधारणसभा शुभारम्भ भएको थियो। नाडाका अध्यक्ष थापाले “साइकल र घोडा चढेर नीति नियम वनाउन मन्त्रालय जाने हो” भनेर कटाक्ष गर्दै सवारीसाधन तथा अटोमोवाइल्सलाई विलासिताको साधन नसोच्न आग्रह गर्नुभयो साथै नयाँ मौद्रिक नीतिको असरले Covid19 महामारीले थिलोथिलो बनाएको ब्यावसायलाई अझ धारासायी बनाएको भन्दै चरणवद्ध आन्दोलनमा जाने वताउनुभयो। संस्थाको अध्यक्ष भण्डारीले आर्थिक मन्दिमा सरकारले उचित सम्बोधन नगर्दा Covid19को असरमा परेका ब्यावसायी अझ धेरै हतोत्साहित र विदेश पलाएन हुने अवस्था आएको वताउनुभयो। विशिष्ट अतिथि उधोग संघ चितवनका अध्यक्ष श्री त्रिलोचन कडेलले अर्थमन्त्री र गभर्नरको बिचको नोकझोकले आर्थिक मन्दिको समस्यालाई सहि तरिकाले छलफल र समाधानको वाटोमा नगएको बताउने भयो। विशिष्ट अतिथि उधोग वाणिज्य संघ, चितवनमा बरिष्ठ उपाध्यक्ष श्री सुमन कुमार श्रेष्ठले पनि आर्थिक मन्दिलाई सरकारले आवश्यक पहल गर्नुपर्ने र ब्यावसायीहरुको आन्दोलनमा साथ र सहयोग रहने किनकी यो अटोमोवाइल्स मात्र नभएर सबै ब्यावसायीहरुको पनि समस्या हो भन्नुभयो। विभिन्न जिल्ला तथा संघसंस्थाहरुबाट पाल्नुभएको अथितिहरुले आफ्ना सान्दर्भिक भनाईहरु राख्नुभयो। उक्त कार्यक्रममा चितवनको तीन जना ट्राफिक प्रहरीलाई नगद सहित कदर पत्रले सम्मान साथै ट्राफिक ज्याकेट पनि हस्तान्तरण गरियो। संस्थाका सदस्य अभिभावकका छोराछोरी मध्येबाट उत्कृष्ट नतिजा ल्याउने छात्र कृतन न्यूरेलाई प्रशंसा पत्र द्वारा सम्मान गरीयो। संस्थाका सचिव श्री भिमप्रसाद सुबेदीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक संस्थाका प्रथम उपाध्यक्ष श्री कुल बहादुर क्षेत्रीले स्वागत मन्तब्य राख्नुभएको थियो।
उक्त कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएसन अध्यक्ष श्री कृष्ण प्रसाद भण्डारी र मनकामना हस्पिटलका संचालक श्री कबिता खतिवडा बिच स्वास्थ्य सहुलियत सम्झौता पत्रमा हस्ताक्षर भयो। यसको संयोजनको भुमिकामा श्री प्रशान्त पौडेलले गर्नुभएको थियो।