नेपाली काङ्ग्रेस चितवन जिल्ला सचिवालयले निकाल्यो बिज्ञप्ति

Spread the love

नेपाली कांग्रेस पार्टी सभापति राजेश्वर खनालको अध्यक्षतामा पार्टी कार्यालय कमलनगरमा बसेको थियो । बैठकमा समसामयिक बिषय उपर छलफल गरी निर्णय गरेकाे बताउनु भयाे ।

यही मंसिर-४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवारहरुका पक्षमा र समानुपातिक तर्फ रुख चिन्हमा मतदानका लागि सक्रियतापूर्वक सहभागी भइ क्रियाशिल रहनुहुने सम्पूर्ण नेपाली कांग्रेसका नेता, क्रियाशिल एवम् शुभेच्छुक साथीहरु सहित निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न लागिपर्ने निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरू समेत सबैलाई बैठकबाट हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दै निर्वाचित सम्पूर्ण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।
२. नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिबाट प्राप्त परिपत्र बमोजिम चितवनका सवै तहगत कार्यसमितिलाई पत्राचार गरि यहि पौष ८ गते भित्र निर्वाचनमा भएगरेका गतिबिधि सहितको लिखित प्रतिवेदन नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनमा पेश गर्नका लागि निर्देशन गर्ने निर्णय गरिएको थियो ।यही मंसिर-४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य
निर्वाचन सम्बन्धमा गहन समिक्षा गर्दै पौष ११ गते जिल्ला कार्यसमितिको बैठक बस्ने पनि यसै बैठकद्वारा निर्णय गरिएको थियो ।
जन मानसमा अझैसम्म पनि पूराना तथा प्रमुख पार्टीहरू बीचको आपसी मतभेद, काममा उचित ब्यबस्थापन हुन नसक्नु, नयाँ पुस्ताबाट पुस्तान्तरणको मुद्दा  अगाडि सार्नु, पुराना पुस्ताले आफ्नो स्थान छोड्न नचाहानु जनताका आकान्क्षा अनुसार काम हुन नसक्दा समाजमा नैराश्यताको बिकास हुनु र नयाँ शक्तितर्फ बिस्तारै ध्यान केन्द्रिय हुन थालेको देखिनुले पार्टीहरूभित्र समय सापेक्ष काम गर्न सक्ने क्षमताको बिकास गर्नुपर्ने, जनता घरदैलोमा गएर बिकासको कामको आधारमा नेतृत्व चयन गर्ने परिपाटी बदाल्न सकेमात्र पार्टी लगायत समाज र राश्ट्रकै समग्र बिकास र समृद्धिमा टेवा पुग्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *