२०७९ मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा भरतपुरको चौबीस कोठीमा प्रदर्शन सम्पन्न ।
मानव अधिकारमा महिला अधिकारको पूर्ण प्रत्याभूति सहितको अधिकार भन्ने नारा सहित १० डिसेम्बर (२४ मंसिर) का दिन अन्तरास्ट्रिय ७४ मानव अधिकार दिवस मानव अधिकार शान्ति समाज चितवनले चौबीसकोठीमा आधा घण्टा प्रदर्शन गरि मनाएको छ भने मानव अधिकार शान्ति समाजको केन्द्रिय परिपत्र अनुसार देशैभरका शाखाहरूले विभिन्न कार्यक्रमहरू मनाएका छन । मानव अधिकारमा महिला अधिकारको प्रत्याभूतिका लागि तल लेखिएका नारा सहितका प्लेकार्डहरूबाट राज्यको ध्यान आकृष्ट गर्ने खालका नाराहरू सहित मानव अधिकारवादीहरूले प्रदर्शन गरेका थिए ।
संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व न्युन किन?
नीति निर्माणका तहहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?
प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरुद्वारा प्रत्यक्षतर्फ महिला उम्मेद्वार न्युन किन ?
मन्त्रीमण्डलमा महिलाको प्रतिनिधित्व न्युन किन ?
कुटनीतिक नियुक्तिमा महिलाको प्रतिनिधित्व न्युन किन ?
महिलाहरुलाई होच्याउने/अपमान गर्नेहरुलाई उन्मुक्ति किन ?
महिला विरुद्ध अझै पनि भेदभाव किन ?
महिलामाथि हुने हिंसामा दोषीलाई उन्मुक्ति किन ?
बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र किन ?
महिला अधिकार :मानव अधिकार, व्यवहारमा चरितार्थ गरौँ ।।
उक्त प्रदर्शन शाखाका सभापति श्री शम्भु राउतकाे सभापतित्व , केन्द्रीय सचिव श्री बाबुहरि आचार्य , संस्थापक जिल्ला सभापति श्री दिल बहादुर बाेगटि , पुर्व केन्द्रीय सचिव राजेन्द्र पाैडेल , काहु राष्ट्र का विनाेद खण्ड तिमिल्सिना , राष्ट्रिय मानवअधिकार सराेकार केन्द्रका विश्वनाथ ओझा , मानवअधिकार संजाल चितवनका सचिव दिपक लामिछाने , जिल्ला शाखाका उपसभापति भवानी अधिकारी , पुर्व उपसभापति बिनाेद अधिकारी , सचिव जीवन के सी , उप सचिव संसार चन्द्र न्याैपाने , काेषाध्यक्ष तारा पाैडेल , सदस्यहरु खेमराज अधिकारी , रितु न्याैपाने , सुप्रिया सापकोटा , किरण राउत , तारा परियार , मिठु गाैतम सुवेदी , आजिवन सदस्य पुर्ण चन्द्र चापागाईं लगायतका मानवअधिकारकर्मि हरुकाे सहभागिता रहेकाे थियोे ।। साे कार्यक्रममा जिल्ला शाखाका संस्थापक सभापति दिल बहादुर बाेगटि , पुर्व केन्द्रीय सचिव राजेन्द्र पाैडेल , केन्द्रीय सचिव बाबुहरि आचार्य ले ” मानवअधिकार : महिलाअधिकार ” काे बारेमा आ-आफ्नो मन्तब्य राख्नुभएको थियोे । साे कार्यक्रम अन्त्यमा जिल्ला शाखाका सभापति शम्भु राउतले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमकाे समापन गर्नुभएको थियाे भने कार्यक्रमकाे सहजिकरण जिल्ला सचिव जीवन के सी ले गर्नु भएको थियो ।।
यस्ता कार्यक्रमहरूले सरोकारवालाहरूको ध्यान केन्द्रित गर्न मद्दत पुर्याउने हेतुले यस्ता कार्यक्रमहरू तय गरिने कुरा पनि सहभागीहरूले जनाए । देशको मूल कानुनमा लेखिएका कुराहरू कार्यान्वयनमा नआएसम्म कानुन कोरा कागज मात्र प्रमाणित हुने कुरामा दुबिधा नरहेको कुरा सहभागीहरूले ब्यक्त गरे । राजनैतिक प्रतिबद्धता बिना कानुनको पालन हुन नसक्ने कुरामा पनि सर्बसाधारणहरू ब्यक्त गर्द्छन ।