विश्व स्काउटका संगठन एशिया प्रशान्त क्षेत्रका परामर्शदाता श्रीराम लामिछानेका अनुसार आजदेखि उहाँहरूलाई स्काउटर बनउनका लागि दिक्षीत गरिएको हो । उहाँहरूलाई स्काउटको प्रतिज्ञा ग्रहण गराइएको हो । प्रतिज्ञा ग्रहण समारोह परामर्शदाता लामिछानेको उपस्थितिमा गराईएको थियो । स्काउटको प्रतिज्ञा लिदै नगरपालिका प्रमुख प्रल्हाद सापकोटाले समाज परिवर्तनका लागि स्काउटरको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्वयम् सेवामा लागेर समाजको परिवर्तन र रुपान्तरण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । स्वयंसेवामा लागेर समाजको परिवर्तन रुपान्तरण महत्वपूर्ण हुने उहाँको भनाई थियो । सामाजिक क्षेत्रमा यसको महत्व ठूलो रहेको उहाँले बताउनुभयो । दिक्षन्तसँङ्गै अन्तराष्ट्रिय गाइड तथा स्काउट फेलोसिपको बैठक समेत सम्पन्न भएको छ । यस संस्थाले नेपालमा रहेका स्काउटरहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल समेत गरेको थियो । स्काउटमा लागेर अवकास प्राप्त गरेका जेष्ठ स्काउटरहरूले स्काउटरहरूलाई शशक्त बनाउन के कस्तो भूमिका खेल्न सक्दछन भन्ने विषयमा छलफल समेत भएको कुरा संस्थाका उपाध्यक्ष तिर्थ न्यौपानेले जानाकारी दिनुभयो । उहाँका अनुसार यस संस्थामा नेपालका दुई सय जना सदस्य आबद्ध रहेका छन् । विक्रम संवत २००९ सालमा स्थापना भएको नेपालको स्काउटिङ्ग र गाइडिङ्ग संस्थाको रुपमा स्थापित स्काउटको संरक्षक नेपाल सरकारको प्रधानमन्त्री, प्रमुख स्काउट जगत बहादुर सुनार(विश्वकर्मा) प्रमुख आयुक्त (संयोजक) लोक बहादुर भण्डारी । बालबालिका तथा युवा वर्गहरूको शारीरिक, मानसिक र बौद्धिक विकास सहित तिनीहरूको अनुशासन र स्वावलम्बी भावनाको बृद्धि सहित देश विकास कार्यमा सहभागी गराउने उदेश्यद्वारा स्थापित नेपाल स्काउटले पछिल्ला दिनहरूमा आएर दैवि प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल सरकार तथा समाज सुधारमा स्काउटरहरूलाई परिचालन गर्ने, सामुदायीक सेवा तथा जनहित सम्बन्धी कार्यमा लगाउने, समाजका हेक वर्ग तथ समूहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायतका कार्यममा सहभागिता जनाउने, स्वास्थ्य, वातावरण, भू – संरक्षण तथा प्राकृतिक श्रोतको उपयाग सम्बन्धी विभिन्न जीवनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा शक्ति परिचालन गर्ने गराउने समेतका कामहरूमा स्थानीय, प्रदेश तथा संघीय सरकार समेतको समन्वयमा रही कार्य गर्ने गरेको पाइन्छ ।
यसरी नै सबै संघ संस्थाहरूले आ – आफ्नो तर्फबाट देशको लागि सहभागिता जनाउन सके हरेक क्षेत्रमा मिलेर काम गर्न सके मात्र देश विकासको चरण द्रुत गतिमा अगाडि बढेको देख्न सकिन्थ्यो ।