मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रम गरी मनायो देशैभर स्वयंसेवक दिवस
-पूर्णचन्द्र चापागाई
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले अन्तर्राष्ट्रिय स्वयम सेवक दिवसका दिन विभिन्न स्कुलमा कार्यक्रम गरेको छ। कार्यक्रम संयोजक पुर्ण चन्द्र चापागाईंका अनुसार श्री माध्यमिक बिधालय इन्द्रपुरिमा चितवन शाखा सभापति शम्भु राउत सदस्य पुर्ण चन्द्र चापागाईं,रीतु न्योपाने,सुप्रीया सापकोटा माध्यमिक बिधालयकि प्र अ शान्ति अधिकारीले बिद्यार्थीहरुलाइ अन्तर्राष्ट्रिय स्वयम सेवकको बारेमा बताउनु भएको थियो। यसैगरी तोरीखेत मा.बि.तोरिखेतमा तारा पौडेल खैरहनी मा. बि माडिमा कुलान्द भुसाल पोलार स्टार बोडिङमा दयानिधी अर्यालले कार्यक्रम गर्नु भएको थियो।
मानव अधिकार तथा शान्ति समाजले केन्द्रिय नीति अनुसार देशैभर स्वयंसेवा सम्बन्धि विभिन्न कार्यक्रम गरि मनाउने क्रममा यो बिशुद्द स्वयंसेवी, लाभ निरपेक्ष सस्था रहेकोले यसले आफ्ना स्वतस्फूर्त रुपमा गरिने कार्यक्रम तथा अभियान मार्फत स्वयंसेवी तरिकाले समाज, देश तथा विश्वभरी नै छप छोड्नेगरी योगदान मूलक कार्यक्रमहरू गर्ने गरेको छ ।
आज डिसेम्बर ५ तारेख स्वयंसेवक दिवसको बारेमा समाजका विभिन्न समुदायहरूसङ्ग रही आफ्ना कामका बारेमा जानकारी गराउने र स्वयं काम पनि गर्दै जाने नीति सहित यसले आफ्नो काम अघि बढाएको देखिन्छ ।
यसले देशैभर स्वयं सेवा मार्फत विभिन्न दिवस तथा अवसरहरू पारेर विभिन्न कार्यक्रमहरू जस्तै मानव अधिकार दिवसमा कार्यक्रम, रक्तदाता दिवसमा, रेडक्रस दिवसमा, सस्थाको स्थापना दिवसमा रक्तदान सहितका कार्यक्रमहरू गर्ने गरेको छ भने गाई बाच्छा संरक्षण अभियान, जलवायु परिवर्तन, बिश्वब्यापी उष्णता र हिमालय बचाऔ आन्दोलन, लागू औषध / मदिरा दुर्ब्यसन बिरुद्धको अभियान, आणविक अस्त्र उन्मूलनका लागि बिशेष अभियान, रुसलाई तत्काल युद्ध रोक्न गरिएका आग्रह सहितका अभियान जस्ता अनेकौं अभियानहरू तथा कार्यक्रमहरू मानव अधिकार तथा शान्ति समाजले संचालन गर्दै आएको छ ।
मानव अधिकार तथा शान्ति समाजले विभिन्न दिवसहरुमा कार्यक्रम गर्दै आएको छ। यस्तै 10 दिसेम्बर अर्थात मङ्सिर २४ गते मानव अधिकार दिवसकादिन देश भरी “महिला अधिकार मानव अधिकार भन्ने मुल नारा सहित प्रदर्शन गरी मनाउदैछ ।