एडभान्स सिलाई कटाई उद्घाटन कार्यक्रम सम्पन्न
-हेमराज बस्याल
चितवन भरतपुर लघु घरेलु तथा साना उघाेग प्रबर्धन केन्द्र त्रिपुरेस्वर काठमान्डाै र परामर्श दाता सफल भविष्य प्रा• लि• भरतपुर १२ द्वारा २ महिने एडभान्स तालिम उद्घाटन सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि लघु घरेलु तथा साना उघाेग कार्यलय त्रिपुरेस्वरका प्रमुख कार्यकारि प्रमुख बिण्णु प्रसाद भुसाल , विशिस्ट अतिथि जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरिक्षक देवराज पाैडेल , अतिथि भरतपुर १५ का वडा सदस्य पुष्प अर्याल , अतिथि नगेन्द्र राज रेग्मी , बलराम आचार्य, महिला अधिकारकर्मि लक्ष्मि प्रभा पन्त, कार्यक्रम व्यवस्थापक सरस्वति गाैतम , प्रशिक्षक केश कुमारि श्रेष्ठ रहनु भएकाे थियाे । साेहि कार्यक्रममा हालै मात्र वाग्मति प्रदेश सभामा निर्वाचित माननिय उत्तम जाेशिलाई सम्मान तथा बधाई सम्पन्न गरिएकाे छ । सम्मान कार्यक्रममा सम्बाेधन गर्दै गरिव बिपन्न जनजाति पिछडा बर्ग बिदेश बाट स्वदेशमा फर्केका लाई विशेष प्याकेज कार्यक्रम ल्याउन पहल गरिने साथै सीप ज्ञानलाई उच्च प्राथमिकतामा राखिने र आगामि वर्षमा विद्यालयमा हरेक सिपलाई पाठ्यक्रममा राखि पढाउनकाे लागि याेजना ल्याउन पहल गरिने वाग्मति प्रदेश माननीय उत्तम जाेशिले बताउनु भयाे । प्रशिक्षार्थिलाई परेकाे हरेक समस्या प्रबिधि सहित कार्यक्रम र तालिम सकिए पछि सिप ज्ञानलाई ब्यावहारमा ल्याउन अनुराेध गर्नु भयाे । कार्यक्रमका प्रमुख अतिथ लघु घरेलु तथा साना उघाेग प्रवर्धन केन्द्रका प्रमुख बिण्णु प्रसाद भुसालले सबैकाे सीप र ज्ञानलाई सिके पछि उघाेग व्यवसाय खाेलि समुन्नत समाजकाे निर्माण गरि गरिबी निर्मुल पार्न सकिने बताउनु भयाे ।प्रशिक्षार्थीका लागी सस्ताे ब्याज दर, प्रबिधि हस्तान्त्रण लगायत सबै कुरा जानाकारि गराउनु भयाे । सबै मिलि ब्यवसाय खाेल्न सकै सबै सक्षम हुन बल पुग्ने बताउनु भयाे । उत्त कार्यक्रममा २२ जना परिक्षार्थीहरु सहभागी थिए भने समापन कार्यक्रम सफल भविस्य प्रा .लि. का अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।