जनतामा आम निर्वाचन २०७९ र यसबाट श्रृजित अपेक्षा
-देवराज थपलिया
आम निर्वाचन २०७९ मंसीर ४ गते सम्पन्न भैसकेको छ । ठूला र प्रमुख भूमिकामा रहँदै आएका दलहरूले सरकार गठन गर्न आ–आफ्नो तर्री थालिसकेका छन् । हालसम्म प्रमुख दलको रुपमा नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नै रहेका थिए भने अब आएर त्यसै लिष्टमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो भूमिका बलियो बनाईसकेको छ । यस पटकको आम निर्वाचनमा केही पूराना मानिएका दलका प्रतिष्ठित कहलाइएका नेताहरू झलनाथ खनाल – नेकपा एकिकृत समाजवादी, उपेन्द्र यादव – जनता समाजवादी, इश्वर पोख्रेल – नेकपा एमाले, घनश्याम भुसाल – स्वतन्त्र (पूर्व एमाले), राम कुमारी झाँव्रmी – नेकपा एकिकृत समाजवादी, अश्मीत सिंह (मानुषी) यमी भट्टराई – नेकपा माओवादी केन्द्र, पम्फा भुसाल – नेकपा माओवादी केन्द्र, महेश बस्नेत – नेकपा एमाले, देव गुरुङ्ग – नेकपा माओवादी केन्द्र, शंकर पोख्रेल – नेकपा एमाले, सुजाता कोइराला – नेपाली काङ्ग्रेस, उमेश श्रेष्ठ – नेपाली काङ्ग्रेस, विजय कुमार गच्छेदार – नेपाली काङ्ग्रेस लगायतका नेताहरूले पराजय बेहोर्नु परेको छ । ल्इ ल्इत् ब्न्ब्क्ष्ल् को नारा सहित प्रादेशिक प्रणालीको विरोध, भ्रष्टाचारप्रति शुन्य सहनशीलता सहितका नाराबाट संघीय प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएर अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ सीट र स्वतन्त्रहरूले ५ सीटमा जीत निकाल्न सफल भएका छन् भने हालसम्म (मंसीर १३ गतेसम्म) समानुपातिकतर्फ नेकपा एमाले २५,८४,१९२ मत सहित पहिलो देखिँदा नेपाली काङ्ग्रेस पार्टी २४,५२,०८३ मत सहित दाश्रो स्थान बनाउन सफल देखिन्छ त्यसैगरी नेकपा माओवादी केन्द्र पार्टीले ११,००,६४७ मत सहित तेश्रो देखिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १०,७१,२५९ मत सहित चौथो स्थानमा देखिएकोे छ राष्ट्रिय प्रजातन्त्र पार्टी ५,५१,१०७ मत सहित पाँचौ स्थानमा देखिएको छ ।
यस आम निर्वाचनमा बहुचर्चित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९,२६४ मत सहित चितवनको क्षेत्र नम्बर २ बाट जित हासिल गरेका छन् उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य नेपाल सरकारका बहालवाला जनसङ्ख्या तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ३४,२२८१ मतान्तरले पछाडि पारे भने यसैक्षेत्रका पूर्व साम्सद नेकपा एमालेका नेता कृष्णभक्त पोख्रेललाई ३४,६१७ सहितको भारी मतान्तरले पराजित गरेकाछन् । त्यसैगरी अर्का चर्चित स्वतन्त्र उमेदवार सागर ढकालले बहालवाला प्रधानमन्त्री तथा नेपाली काङ्ग्रसका केन्द्रिय सभापति शेर बहादुर देउवा विरुद्ध डडेलधुरा जिल्लाबाट उमेदवारी दिएर देशैभरका जनमानसको ध्यान डडेलधुरातर्फ आकर्षित गर्न सफल रहे । ल्य ल्यत ब्नबष्ल कै नारामा अगाडि आएका सागर ढकालले हजुरबुबा पुस्ता र बुबा पुस्तालई स–सम्मान विदा गरी राज्यको सल्लाहकारका रुपमा बसीदिन पूराना नेताहरूलाई आग्रह मात्र गरेनन् त्यसको विकल्पको रुपमा युवा पुस्ताका युवा नेताहरू र देशप्रति पूर्णबफादार, देश विकाश र समृद्धिको यात्रामा रहँदा म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न पनि दिन्न भन्ने नारा सहित जनताको बीचमा प्रण गर्दै अगाडि आउन सक्ने नेतृत्वलाई आव्हान समेत गरे । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवाले २५,५३४ मत विजयी हँुदा उनका प्रत्यासी गुल्मी निवासी इन्जिनियर ढकालले १३,०४२ मत सहित स–सम्मान दोश्रो हुन सफल रहे । जिवनभर डडेलधुरामा रहेर नेपाली काङ्ग्रेस जिल्लाको पूर्व पार्टी सभापति रही काम गरी सकेका र हाल नेपाली काङ्ग्रेस वि.पी. मा रहेर राजनीति गरेका अर्का उमेदवार कर्ण बहादुर मल्लले ७,५३४ मत ल्याउँदा उनकोभन्दा ५,५०८ मत बढी ल्याएर डडेलधुरा मात्र होइन देशैभर आगामी दिनहरू विस्तारै युवामय हुँदै जाने सङ्केत पनि छोड्न सफल भएका छन् । मतले पराजित रहेपनि डडेलधुराबासीहरूको अपार माया, ममता र सम्मानलाई साथमा लिएर आगामी पाँच वर्षपछिको निर्वाचनमा डडेलधुराबाट मात्र नभएर समग्र सुदुरपश्चिम नेपालको आर्थिक विकाश, समृद्धिको खाका सहित यसै क्षेत्रमा डाक्टर, इञ्जिनियर लगायतका विशेषज्ञहरूको टिमले सुदुर पश्चिमका विभिन्न किसिमका प्रोजेक्टहरू सञ्चालन गरी जनताकै माझमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यसै गरी यस आम निर्वाचनमा चर्चा सहित जित निकाल्न सफल नेपाली काङ्ग्रेसका युवा नेताहरू गगन कुमार थापा, विश्व प्रकाश शर्मा, प्रदिप पौडेल रहेका छन्भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, डा. तोसिमा कार्की, सोविता गौतम, हरि ढकाल लगायतका छन् । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र चर्र्चित पूराना अनुहारहरूमा नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा, डा. शेखर कोइराला, विनोद चौधरी, नेकपा एमाले अध्यक्ष के पि शर्मा वली, विष्णु प्रसाद पौडेल, योगेश कुमार भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, जनार्दन शर्मा, नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव कुमार नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर राष्ट्रिय जनमोर्चाका चित्र बहादुर के सी लगायतले संघीय प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइ आफ्नो सीट सुरक्षित गरेका छन् ।
के चाहन्छन् त मतदाता (नेपाली जनता) हरू ?
नेपालमा पटक पटक राजनैतिक परिवर्तनहरू भइरहे यो वा त्यो वहानामा विभिन्न कालखण्डमा राजनैतिक शक्तिको नयाँ नयाँ रुपमा उदय हुँदै गयो तर जनतामा जगाएका आशा र भरोसाकोे तुसारापात भएको महसुस जनसाधरणले गर्न थाले । लोकतान्त्रिक पद्धति मार्फत देशमा सुशासन, विकाश र समृद्धिको आशा जगाएका देशका मूल राजनैतिक शक्तिहरू बीच एक आपसमा खीचातानी भइरहने, सरकार स्थायी रुपमा चलाउन वातावरण तयार गर्न नसक्ने, सकेसम्म सत्ताका प्रमुख केन्द्रहरूमा आफै वा आफ्ना परिवारका सदस्य र आफन्तहरूलाई पु¥याउन हरसम्भव प्रयत्न गर्ने, संघीयदेखि स्थानीय तहसम्मका सबै संरचनामा भएका भ्रष्टाचार, घुसखोरी, बेथिति र विसङ्गतिलाई रोक्नुको सट्टा नेताहरूको नाम एकपछि अर्को गरी थपिदै जानु र तिनै नेताका आडमा सरकारी संयन्त्र र कर्मचारीतन्त्रको प्रयोग गर्दै कमिशनतन्त्रममा ठेक्काप्रथा कायम राख्ने, गरिएका विकाशमा पनि स्तरीयताको अत्यन्त्र नाजुक अवस्था देखिने लगायतका समस्यामा जगडिएको यस परिस्थितिमा त्यसलाई च्यात्न सक्ने निडर, साहसी, भिजन सहितको युवाशक्ति, देश विकाश र समृद्धिको इच्छाशक्ति भएको एक इमान्दार सिपाही सरहको नेताको रुपमा निर्वाचन मार्फत आगामी सरकारमा पठाउने कल्पना जनमानसमा पलाईरहेको बेला उनै पुराना अनुहारहरू तिसौंवर्षदेखि राज्यसत्ता हातमा लिएर बसेका, साम्सद बनेर भत्ता मात्र पचाउन जानेका, प्रतिनिधिसभामा विकासका विषयमा होस् वा कानून निर्माणका छलफलको लागि भत्ताको लागि मात्र हाजिर गरेर संसदबाट बाहिर निस्कने, संसदभित्रै रहेका सांसदहरू पनि निदाएर संसदीय व्यबस्थाको नै व्यइज्जत गर्ने, एक आसमा हानाहान गरी भैm झगडा गर्ने, सरकार बनाउने सवालमा करोडौंको गन्ध नेपालभरी नै पुग्नेगरी चलखेल गर्ने लगायतका बेथिति, बिसङ्गति निम्त्याउने गरेका कारण संसदीय अभ्यासमा नै असर पर्ने पो हो कि भन्नेसम्मका दुःखद दृष्टान्तहरूले नयाँ तथा इमान्दारहरूको नेतृत्वको खोजी भैरहेकै बेला चुनावको लागि टिकट वितरण गर्दा तिसौंवर्षसम्म सत्तामा रहँदा पनि प्रगति र उन्नतिका नयाँ सोचहरू ल्याउन नसक्ने वृद्ध, भ्रष्टाचारमा लिप्त भएका, परिवारवादलाई मात्र अगाडि अगाडि बढाउने खालका व्यक्तिहरू, भुई सतहसम्म चिनजान नभएका शक्ति र पैसाको आडमा मात्र चुनाव जित्न संभव हुन्छ भन्ने खालका नेताहरूलाई अगाडि सारेका कारण र समानुपातिक लगायतका पदमा राजनीतिमा प्रत्यक्ष संलग्न नरहेका, जनसाधरणसँग कुनै सरोकार नराख्ने खालका कुनै विशेषज्ञता हासिल नगरेका व्यत्तिहरू, आफ्ना श्रीमती आफन्त र नजिकी नातेदारहरूलाई टिकट दिने प्रथाबाट आजित भएका जनताहरूले नयाँ विकल्पको रुपमा खोजी गरी रहेको देखिन्थ्यो
नेतृत्व चयनदेखि हरेक कुरामा असहमत रहदै आएको धेरै प्रतिशत सर्वसाधरणहरूले पार्टीहरूले पार्टीरू बीचमा भएको सैद्धान्तिक असहमती भएका पार्टीहरू बीचको गठबन्धनलाई पनि सहज रुपमा स्वीकार्न सकेको देखिएन । त्यतिमात्र कहाँ हो र ? जनआन्दोलन, माओवादी आन्दोलन लगायतबाट प्राप्त अधिकारहरू र प्रदेश सरकारका अवधारणा अनुसारको विकाश तथा समृद्धिको कल्पना कपोलकल्पीत हुन गएको भाव नेपाली जनताले गरिरहेका बेला प्रदेश सरकार र त्यससँग सम्बन्धित अरबौंको खर्चलाई व्यवस्थापन गर्ने खालका कुनै आधिकारिक योजना विनै जनतालाई व्यापक राष्ट्रिय ऋण बृद्धि हुने गरी अत्याधिक बोझिलो सरकार निर्माण प्रकृया र महिनैपिच्छे थपिदै जाने मन्त्रालय, मन्त्री र त्यससँग सम्बन्धित खर्चले पनि जनताको ध्यान यसको विकल्प ल्याउन सक्ने खालको नेतृत्वको खोजिमा रहेको देखिन्थ्यो ।
यिनै माथिका समस्याको समाधानका खातिर कोही नयाँ अनुहार सहितका पूरानै पार्टीका युवाहरू त केही नयाँ पार्टीका जोसिला, आँट र हिम्मतले भरिपूर्ण नेतृत्वको चयन गरी नेपाली जनताले नयाँ सरकार निर्माण गर्दै नयाँ भिजनका साथ पाँच वर्षभित्र केही नयाँ काम गरी देखाउन सक्ने आशा र विश्वासका साथ जसरी काठमाण्डौं र धरानका मेयर बालेन शाह र हर्क साम्पाङ्गले नयाँ कामको थालनी नयाँ तरिकाले गरेका छन् त्यसैगरी २०७९ सालको आम निर्वाचनबाट निर्वाचित सबै प्रतिनिधिहरूले देशको लागि केही नयाँ गरी देखाउन सकुन भन्ने जनविश्वास रहेको देखिन्छ । मतदाता तथा सर्वसाधारणरूले नयाँ पार्टी, नयाँ अनुहार, केही गर्न सक्छु भन्ने आँट, हिम्मत, हुटहुटी भएका नेतृत्वको चयन गरेको कुरा समेत सुन्ने गरेको पाईन्छ । निर्वाचित सबै प्रतिनिधिहरूले मिलेर देशको लागि केही नयाँ गरी देखाउन सकुन् भन्ने जनविश्वास समेत रहेको पाइन्छ ।