सीतारामको बिबाह पन्चमी धुमधामसङ्ग मनाउदै

Spread the love

हिन्दू धर्मावलम्बीहरूले आज (मंसिर १२) मार्ग शुक्ल पन्चमीका दिन सीतारामको बिबाह पन्चमी धुमधामसङ्ग मनाउदै
त्रेतायुगमा अयोध्याका राजा दशरथका चारभाइ छोरा रामचन्द्र, लक्ष्मण, भरत र शत्रुध्नको बिबाह मार्गशुक्ल पन्चमीका दिन नेपालको मिथिला (जनकपुर) का राजा मिथिलेश्वर (जनक) कि छोरी सीतासङ्ग रामको र बाकी तीनभाइहरूको सीताकै बहिनीहरू उर्मिला, माण्डवी र श्रुतिकिर्तिसङ्ग भएको थियो ।
सीता तत्कालीन समयका मिथिलाका राजा जनककी जेठी छोरी थिइनभने राम अयोध्याका राजा दशरथका जेश्ठ सुपुत्र थिए । राम र सीतालाई शास्त्रका अनुसार र मान्यता अनुसार भगवान बिष्णु र भगवती लक्ष्मीको अवतारको रुपमा मानी पूजा आराधना गर्ने चलन तथा बिश्वास रही आएको छ । माता सीतालाई भूमिपुत्रीको रुपमा राजा जनकको दरबारमा आएको कुरामा बिश्वास गरिन्छ भने सीताजी लाई सन्सारकै जगत जननी, सच्चरित्रता, नारीत्व, मातृत्वशल्य र करुणाकी खानीका रुपमा लिने गरिन्छ । राजा जनकले शिव जीबाट प्राप्त शिव धनुषलाई आफ्नो पूजा कोठामा सम्हालेर राखेकोमा त्यस धनुषलाई सरसफाइ तथा संरक्षणमा सीतालाई जिम्मेवारी दिएकोमा सरसफाइ गर्दा यताउता सार्ने समेत गर्ने गर्दथिन त्यसै कारण पनि राजा जनकले छोरी सीताले यताउता सार्ने गरेको शिव धनुष जसले उचालेर चलाउन सक्छ उसैसङ्ग छोरीको बिहे गरिदिने घोषणा गरेकोमा बिबाह उत्सवको समयमै राजा दशरथका छोरा राम लगायतको आवागमन भइ कसैले उचाल्न समेत नसकेको उक्त शिव धनुषलाई सजिलैसँग उचाली तादो चढाएको हुँदा घोषणा तथा प्रतिज्ञा अनुसार छोरी सीताको बिबाह रामसङ्ग र बाकी तीन छोरीहरूको भरत, लक्ष्मण र शत्रुध्नसङ्ग बिबाह गरी बिदाइ गरेदिए ।
उनै सीता र रामको जोडीले त्यस समयमा मिथिला (जनकपुर) मा गरेको बिबाहको दिन र साइतलाई सम्झी आजसम्म पनि राम जानकी मन्दिर मिथिला लगायतका क्षेत्रमा दर्शनार्थीहरूको भिड/घुइँचो लाग्ने गर्दछ । त्यसै गरी चितवनको माडीमा अवस्थित अयोध्याधाम र भारतको अयोध्याधाम क्षेत्र तथा बिश्वभरका सीताराम मन्दिरमा बिबाह पन्चमीको दिनमा बिबाह उत्सव मनाइ पूजा अर्चना समेत गर्ने गरिन्छ । उत्सवमा बाजागाजा, झाकी, भजनकिर्तन र नाचगान गर्ने गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका स्थलहरूलाई बाजागाजा सहितको -यालीले जनकपुर नगर घुमाउदै शोभायात्रा समेत गरी जानकी मन्दिर परिक्रमा गरी डोली अन्माउने प्रचलन रहेको पाइन्छ ।
यही प्राचीन पौराणिक महाबिबाहको सम्झना स्वरुप आज पनि भरतको अयोध्या लगायत राम मन्दिरहरूबाट जन्ती लिएर सीताको जन्मस्थल र सीता मन्दिरहरूमा जन्ती जाने प्रचलन चली आएको छ । यस दिनलाई अति नै राम्रो साइतको रुपमा लिइएकोले अन्य वर बधुहरूले पनि यसै साइतमा बिबाह गर्दा जीवन यात्रा सहज र सरल हुने बिश्वास सहित आजकै दिनमा कुनै साइत/विधि बिना नै बिबाह गर्न हुन्छ भनी बिबाह गर्ने गरेको पनि पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *